बिहीबार, असार ४, २०८३

भारतको चन्द्रयान-३ चन्द्रमातिर प्रस्थान

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- भारतले शुक्रबार चन्द्रमातर्फ रकेट पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्र प्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

National life

यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ। चन्द्रयान-३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ। यसअघि अमेरिका, रूस र चीनले मात्र आफ्नो यान चन्द्रमामा पुर्‍याउन सकेका छन्।

भारतले चन्द्रमाका लागि यान पठाएको यो तेस्रो पटक हो। सन् २००८ मा भारतले चन्द्रयान-१ पठाएको थियो तर त्यो चन्द्रमाको सतहमा अवतरण भएन। त्यसपछि २०१९ मा भारतले पठाएको चन्द्रयान-२ पनि चन्द्रमामा अवतरण हुन असफल भएको थियो। अवतरण हुनै लाग्दा त्यसको रोभर दुर्घटनामा परेको थियो। अहिले पठाइएको चन्द्रयान-३ को तौल ३ हजार ९ सय किलो छ। यो यान बनाउन ६.१ अर्ब भारतीय रुपैयाँ लगानी भएको बताइएको छ।

प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताएका छन्। इसरोले गरेको प्रत्यक्ष प्रसारणका क्रममा उनले भने, 'हाम्रो एलभीएम ३ ले चन्द्रयान ३ लाई पृथ्वीको कक्षमा पुर्‍याएको छ। अबको केही दिनमा चन्द्रयान-३ पृथ्वीको कक्ष हुँदै चन्द्रमाको कक्षतिर जानेछ।'

 

Shivam cement

प्रकाशित: Jul 14, 2023| 16:38 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्