काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए।
भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ। एक दिनका लागि नेपाल आएका लुले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम छ।