बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

कांग्रेस सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका थिए।

भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ। एक दिनका लागि नेपाल आएका लुले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम छ।

प्रकाशित: Jul 14, 2023| 16:26 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्