बिहीबार, असार ४, २०८३

लम्पी स्किनका बारेमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन्।

National life

उनले भने, 'लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ। यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख घिमिरेले शुक्रबारको बैठकमा भने।

शुक्रबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले विगत चार महिनाको अवधिमा ८ लाख पशु चौपायाहरु संक्रमित भएको र २७ हजार मरेको उल्लेख गर्दै भनेका छन्, ‘विपन्न र गरिब किसानका ३७ अर्बबराबरको क्षति भएको छ। अवस्था यस्तो विकराल हुँदा पनि सरकारले त्यसलाई जति गम्भीरताका साथ लिनुपर्थ्यो, जुन तदरुकता देखाउनु पर्थ्यो र उपचारमा लाग्नु पर्थ्यो र खोपहरु जसरी प्रभावकारी ढंगले वितरण गर्नुपर्थ्यो। त्यसमा सरकारले उदासिनता देखाएकोले किसानहरुले ३७ अर्बको क्षति ब्यहोर्नु परेको छ।’

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लम्पी स्किन रोगले सबैतिर प्रभावित बनाएको बताए। उनले भने, ‘यो पहाडमा झनै विकराल अवस्था भएको छ। गोरु मर्दा पहाडमा खेत नै बाँझो बस्ने अवस्था छ।’

राप्रपाकी सांसद रोशन कार्कीले पनि लम्पी स्किनको रोकथामका लागि सरकारी योजना के छ भनेर प्रश्न गरिन्।

Shivam cement

प्रकाशित: Jul 14, 2023| 15:13 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्