काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिका नाममा बनाएको प्रकरणका 'ठूला माछा'लाई पनि कारबाही गर्न माग गरेका छन् ।
शुक्रबारको संसद् बैठकमा उनले भने, 'बालुवाटार जग्गा प्रकरणमा व्यापारी र कर्मचारीमा मात्र सरकारले ध्यान दिएको देखिन्छ। जग्गा बिक्री गर्ने मूललाई पनि कारबाही होस्।’
यो प्रकरणमा सीआईबीले पूर्वकर्मचारी र केही व्यापारीसहित १७ जनालाई पक्राउ गरिसकेको छ। यसमा नाम जोडिएका तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराई भने पक्राउ परेका छैनन्।