बिहीबार, असार ४, २०८३

ललिता निवास प्रकरणमा 'ठूला माछा' पनि समातिउन्

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिका नाममा बनाएको प्रकरणका 'ठूला माछा'लाई पनि कारबाही गर्न माग गरेका छन् ।

शुक्रबारको संसद् बैठकमा उनले भने, 'बालुवाटार जग्गा प्रकरणमा व्यापारी र कर्मचारीमा मात्र सरकारले ध्यान दिएको देखिन्छ। जग्गा बिक्री गर्ने मूललाई पनि कारबाही होस्।’

यो प्रकरणमा सीआईबीले पूर्वकर्मचारी र केही व्यापारीसहित १७ जनालाई पक्राउ गरिसकेको छ। यसमा नाम जोडिएका तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराई भने पक्राउ परेका छैनन्।

प्रकाशित: Jul 14, 2023| 14:38 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्