बिहीबार, असार ४, २०८३

नाति कुटेर मार्ने हजुरबा पक्राउ

प्रहरीले नाति कुटेर मार्ने बैतडीको पुर्चौडी नगरपालिका–६ मुरेलीधारका ५० वर्षीय गणेश साउदलाई पक्राउ गरेको हो।
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०
National life
Shivam cement

काठमाडौं– प्रहरीले बैतडीमा आफ्नै नाति २ वर्षीय रेशम साउदको हत्या  गरेको अभियोगमा हजुरबा गणेश साउदलाई पक्राउ गरेको छ। प्रहरीले नाती कुटेर मार्ने बैतडीको पुर्चौडी नगरपालिका–६ मुरेलीधारका ५० वर्षीय गणेश साउदलाई पक्राउ गरेको हो। 

गणेशले रेशम र अर्का ८ वर्षीय नातिसमेत २ बालकलाई कुटपिट गर्दा गम्भीर घाइते भएकामा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो।

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो।

प्रकाशित: Jul 14, 2023| 13:07 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्