काठमाडौं– प्रहरीले बैतडीमा आफ्नै नाति २ वर्षीय रेशम साउदको हत्या गरेको अभियोगमा हजुरबा गणेश साउदलाई पक्राउ गरेको छ। प्रहरीले नाती कुटेर मार्ने बैतडीको पुर्चौडी नगरपालिका–६ मुरेलीधारका ५० वर्षीय गणेश साउदलाई पक्राउ गरेको हो।
गणेशले रेशम र अर्का ८ वर्षीय नातिसमेत २ बालकलाई कुटपिट गर्दा गम्भीर घाइते भएकामा रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो।
घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ। घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई पक्राउ गरेको हो।