बिहीबार, असार ४, २०८३

विभिन्न स्थानमा पाँच जना मृत भेटिए

प्रहरीले दैलेखको नौमूले, भक्तपुरको गुन्डु, झापाको गौरादह, सुनसरीको धरान र कपिलवस्तुको बुद्धभूमिमा पाँच जना मृतावस्थामा भेटिएको प्रहरी बुलेटिन। 
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं– देशका विभिन्न स्थानमा पाँच जना मृत भेटिएको प्रहरीले जनाएको छ। दैलेखको नौमूले गाउँपालिका–८ चौराठाकी ४९ वर्षीया लक्ष्मी रिमाल सोही ठाउँको झिम्पेखोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।

National life

नारायण नगरपालिका–७ स्थित गोरेटोबाट घर जाने क्रममा चिप्लिएर झिम्पेखोलामा खस्न गई खोलाले बगाएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थायी प्रहरी पोस्ट लोहरे खोलाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

यस्तै, भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी ३८ वर्षीया माया नगरकोटी सोही ठाउँको जंगलमा बिहीबार मृतावस्थामा फेला परेकी छन्। १३ असारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो। 

प्रहरीका अनुसार झापाको गौरादह नगरपालिका–६ टगुवास्थित रतुवा खोलाको बगरमा टगुवा घर भई हाल दमक नगरपालिका–४ ताराबारी बस्ने ६५ वर्षीय भागवत शर्मा बिहीबार मृतावस्थामा फेला परेका छन्। 

यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० लोहरौलास्थित पुलको छेउमा कपिलवस्तु नगरपालिका–११ बस्ने ५६ वर्षीय आशुतोषकुमार अग्रहरी बिहीबार मृतावस्थामा फेला परेका छन्। 

Shivam cement

यसैगरी सुनसरीको धरान उपमहानगर–८ हिमाली सामुदायिक वनभित्र खोल्सामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बिहीबार मृतवास्थामा फेला परेकी छन्। सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 14, 2023| 13:01 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्