मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • एमसीसी कार्यान्वयनको तयारी र राजनीतिक परिदृश्य बुझ्‍न डोनाल्ड लु काठमाडौंमा

एमसीसी कार्यान्वयनको तयारी र राजनीतिक परिदृश्य बुझ्‍न डोनाल्ड लु काठमाडौंमा

काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बिहीबार लुको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको थियो। लुले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
 |  शुक्रबार, असार २९, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

शुक्रबार, असार २९, २०८०

काठमाडौं- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रबार काठमाडौं आइपुगेका छन्। दक्षिण तथा मध्य एसिया हेर्ने लु दक्षिण एसिया भ्रमणका क्रममा एक दिनका लागि काठमाडौं आएका हुन्।

triton college

जुलाई ११ मा भारत भ्रमण सकेर बंगलादेश पुगेका लुले जुलाई १३ मा बंगलादेशका प्रधानमन्त्री शेख हसिना र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए। बंगलादेशको भेटवार्ता सकेर अमेरिकी सहायक विदेशमन्त्री लु आज काठमाडौं आइपुगेका हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बिहीबार लुको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको थियो। लुले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। 'हामी उहाँलाई हाम्रो AmCham को एक सदस्य संस्थासँग भेट गराउन उत्सुक छौं, जसले नेपालीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नको लागि अनुपम सीप प्रदान गरेको छ। अमेरिका-नेपाल सम्बन्धभित्रका अमेरिकी कम्पनी तथा व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यले अमेरिकन चेम्बर अफ कमर्सको स्थापना झन्डै २ वर्ष पहिले भएको हो,' दूतावासले भनेको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालमा अमेरिकी लगानीमा बनिरहेका परियोजनाहरुको प्रगतिको बारेमा जानकारी लिनेछन् भने नेपालको पछिल्लो राजनीतिक परिदृश्यबारे पनि बुझ्‍नका लागि उनको यो भ्रमण भएको हो। यो पटकको भ्रमण नेपालको औपचारिक निमन्त्रणामा भने नभएको बताइएको छ। नेपालमा ५०० मिलियन अमेरिकी डलरको अनुदान परियोजना एमसीसीको कार्यान्वयन चरणमा सुरु हुने तयारी भइरहेको समयमा त्यसको पछिल्लो अवस्थाबारे पनि उनले जानकारी लिने बताइएको छ। नेपालमा एमसीसीको पक्ष र विपक्षमा जनमत विभाजित भएर विवादित बनाइएको समयमा भने उनले विशेष चासो लिएर यसलाई संसदीय अनुमोदन गराउन दबाब सिर्जना गरेका थिए।

यससँगै अमेरिकाले लामो समयदेखि नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई परिचयपत्र दिनुपर्ने बताउँदै आएकोले यसबारे पनि लुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गर्ने बताइएको छ। अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल पत्‍नी शोकमा रहेकोले उनलाई भेटेर समवेदना प्रकट गर्ने कार्यक्रम पनि तय भएको छ।

corrent noodles
Metro Mart

भेटवार्ताका क्रममा लुले अमेरिकी चासोका विषयहरु मानवअधिकारको अवस्था, शान्ति प्रक्रियापछिका कामको प्रगति र अमेरिकी लगानीमा सञ्‍चालन भइरहेका परियोजनाहरुको उपलब्धीबारे पनि जानकारी लिने बताइएको छ। मन्त्रालय स्रोतका अनुसार उनले यसपटक एमसीसीको सहज कार्यान्वयन अघि बढ्ने वातावरण छ कि छैन भन्‍ने विषयलाई नै मुख्य चासोको विषय बनाएका छन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालमा अमेरिकी लगानीमा बनिरहेका परियोजनाहरुको प्रगतिको बारेमा जानकारी लिनेछन् भने नेपालको पछिल्लो राजनीतिक परिदृश्यबारे पनि बुझ्‍नका लागि उनको यो भ्रमण भएको हो।

यसअघि एमसीसी संसदीय अनुमोदन गर्ने विषयमा राजनीतिक दलहरुबीच रस्साकस्सी चलिरहेको समयमा पनि लुले नेपाल भ्रमण गरेका थिए। लु अमेरिकी सहायक विदेशमन्त्रीको हैसियतमा एमसीसीको संसदीय अनुमोदन हुनुअघि तीन महिनाअघि २०७८ मंसिरमा र नेपालले अमेरिकाको सुरक्षा रणनीति कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेजको निर्णय गरेपछि र एमसीसीको संसदीय अनुमोदन भएको ५ महिनापछि २०७९ साउनमा गरी दुई पटक नेपाल भ्रमण गरेका थिए।

उनले एमसीसी अनुमोदनअघि नेपालका तीन राजनीतिक दलका शीर्ष नेताहरुलाई टेलिफोन गर्दै फागुन १६ भित्र एमसीसीको संसदीय अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएका थिए। सहायकमन्त्री लुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पालैपालो फोन गर्दै उक्त चेतावनी दिएका थिए। उक्त चेतावनी अमेरिका-नेपालबीच सन् १९४७ मा द्विपक्षीय सम्बन्ध स्थापित भएयताकै सबैभन्दा 'कडा सन्देश' भएको कूटनीतिज्ञहरुले बताएका थिए।

लुको भ्रमणपछि एमसीसी परियोजना कार्यान्वयन चरणमा प्रवेश गर्ने समझदारीपत्रमा हस्ताक्षरका लागि एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइट नेपाल आउने भएकी छन्। एमसीसी कार्यान्वयनमा गएको पाँच वर्षभित्र सम्पन्‍न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। सोही सहमतिअनुसार एमसीसी परियोजना सम्पन्‍न नभएमा त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ। एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर प्रदान गर्नेछ भने नेपालले १३ करोड डलर लगानी गर्नुपर्नेछ।

प्रकाशित: Jul 14, 2023| 12:55 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्