बुधबार, साउन २०, २०८३

त्रिवि शिक्षण अस्पतालका फार्मेसी इन्चार्ज मृत भेटिए

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन्। अस्पतालका फार्मेसी इन्चार्ज अमृत पोखरेल झुण्डिएको अवस्था मृत फेला परेका हुन्।

प्रहरीका अनुसार आज बिहान साढे ८ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको खबर आएपछि प्रहरी वृत्त महाराजगञ्जको टोली अस्पताल पुगेको थियो। घटनास्थलमा दुई पानाको सुसाइड नोट समेत भेटिएको बताइएको छ।

प्रकाशित: Jul 14, 2023| 12:03 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्