बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो राष्ट्रपति रामचन्द्रको समवेदना पत्र

प्रधानमन्त्री प्रचण्डलाई बुझाइयो राष्ट्रपति रामचन्द्रको समवेदना पत्र

आज बिहान राष्ट्रपति पौडेलको समवेदना सन्देश बोकेर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपतिका परिवारका सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शोकमग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई समवेदना सन्देशसहितको पत्र पठाएका छन्।

National life

आज बिहान राष्ट्रपति पौडेलको समवेदना सन्देश बोकेर राष्ट्रपति कार्यालयका पदाधिकारी र राष्ट्रपतिका परिवारका सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए। दिवंगत सीताको सशस्त्र संघर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेको राष्ट्रपति पौडेलले पठाएको समवेदना पत्रमा भनिएको छ।

‘समाज रुपान्तरण र राजनीतिक परिवर्तन मात्र नभएर प्रधानमन्त्री दाहालको राजनीतिक छवि एवं कदलाई सफलतापूर्वक यो उचाइसम्म ल्याउन विगतका कष्टकर दिनमा सीताको साथ र सहयोग उदाहरणीय तथा अनुकरणीय छ’, राष्ट्रपति पौडेलले समवेदना पत्रमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको समवेदना पत्र पठाएकामा राष्ट्रपति पौडेलप्रति आभार व्यक्त गरेका थिए। बुधबार बिहान सीताको निधन हुनासाथ राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी दुःख व्यक्त गरेका थिए।

Shivam cement

प्रकाशित: Jul 14, 2023| 10:54 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्