NadaNada
बुधबार, भदौ ४, २०८२

कञ्चनपुरमा बाघको आक्रमणबाट महिला घाइते

 |  शुक्रबार, असार २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

vianetvianet
Metro Mart

कञ्चनपुर- बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

डगौंरालगायत १०/१२ महिलाको समुह च्याउ टिप्न गएको थियो। सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो। ‘सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो’, वडाध्यक्ष रानाले भने–‘आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ।’ यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।

प्रकाशित: Jul 14, 2023| 09:36 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

'क्यानाडा जाने नेपाली विद्यार्थीहरु भ्रममा छन्, यथार्थ बुझ्नुपर्छ'

नेपालबाट गएका धेरैजसो प्लसटु गरेर गएका विद्यार्थीहरू कलेज पढ्न जाँदा ब्याचलरर्स पढ्न भनेर गएको भ्रममा हुन्छन्। उनीहरूले कलेजमा एडमिसन गर्छन्। तर कलेजले ब्याचलरर्स डिग्री दिँदैन,...
जहाँ गर्मी भुल्न आउँछन् तराईवासी

जहाँ गर्मी भुल्न आउँछन् तराईवासी

सडक छेउमा स्थानीय व्यापारीले राखेका कटहरको सुगन्धले बिपी राजमार्गका यात्रुहरुलाई हतारमा भए पनि केही क्षण रोकिन बाध्य पार्छ। मिठासले भरिएको कटहर चाख्दै कतिपयले कोसेलीका रूपमा...