बिहीबार, असार ४, २०८३

दासढुंगामा बस खस्दा १९ यात्रु घाइते

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०
National life
Shivam cement

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५:२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो। बस  अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ। बसमा ४० यात्रु सवार थिए।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 14, 2023| 09:03 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्