बुधबार, मंसिर २४, २०८२

राजयोग के हो र कसरी बन्छ कुण्डलीमा?

 |  बिहीबार, असार २८, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, असार २८, २०८०

कुनै पनि मानिसले राज्यबाट पाउने मान सम्मान तथा पद प्रतिष्ठालाई राजयोग भनिन्छ। यदि कुण्डलीमा राजयोग परेको छ भने राज्यसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुन्छ।

National life

विशेष गरी कुण्डलीमा कस्ता कस्ता योग हुँदा राजनीतिमा कुनै पनि मानिस जनताको सहयोग तथा समर्थन पाई उच्च पद प्राप्त गर्दछ भन्ने कुराको विवेचना गरिएको छ। राजनीति भनेको राज्य सञ्चालन गर्न आवश्यक कानून निर्माण गरि त्यही कानूनका आधारमा देशमा शासन गर्नु भन्ने बुझिन्छ। देश सञ्चालन गर्न आवश्यक पर्ने कानून र कानून कार्यान्वयन गर्ने गराउने व्यक्तिको कुण्डलीमा कस्तो प्रकारको राजयोग हुन्छ, जो व्यक्ति जनताबाट निर्वाचीत भई संसद,मन्त्री तथा प्रधानमन्त्री तथा कार्यकारि पदमा पुग्छ।

कुण्डली तथा ज्योतिष शास्त्रमा राजयोग भएमात्र व्यक्ति एउटा कुसल राजनेता बन्न सक्छ। राजनीतिको प्रमुख कारक ग्रह सूर्य,चन्द्रमा, बृहस्पती तथा राहु मानिन्छन् र अन्य ग्रहहरुले पनि सपोर्ट गर्नुपर्ने हुन्छ।

यदि कुण्डलीमा यी चार ग्रह राम्रो स्थितीमा हुनु जरुरी हुन्छ। कुण्डलीमा १२ भावहरु हुन्छन्। तिमध्ये पहिलो भाव,चौथो भाव,पञ्चम भाव, छैटौ भाव, नवम भाव, दशम भाव तथा ११ भावले राजनीतिको प्रतिनिधित्व गर्दछन्।

पहिलो भाव व्यक्ति स्वयं हो जसले व्यक्तिको छवि, नेतृत्व क्षमता, चौथो भावले जनता तथा चुनाव, पाँचौं भावले मन्त्री तथा मन्त्रीपरिषदमा उपस्थितीलाई जनाउँदछ। छैटौँ भावले प्रतिस्पर्धा तथा शत्रुको प्रतिनिधित्व गर्दछ।

Laxmi sunrise bank
kumari

राजनीतिमा प्रतिस्पर्धामा अब्बल हुनु तथा प्रतिस्पर्धीमा शत्रुलाई परास्त गर्न जरुरी हुन्छ। नवौँ भावले प्रशासनिक क्षमताको प्रतिनिधित्व गर्दछ जुन क्षमता राजनेतामा हुनु आवश्यक हुन्छ।

दसौँ महत्वपूर्ण भाव जसले राज्यको तथा सरकारको प्रतिनिधित्व गर्दछ। एघारौँ भाव जसले संसद को प्रतिनिधित्व गर्दछ। राज्यको कार्यकारी पदका पुग्नको लागि चुनाव जित्नु पर्ने तथा संसद हुनुपर्ने हुन्छ जुन एघारौँ भाव हेर्नु पर्दछ।

कर्कट ,सिंह, तुला, धनु तथा मकर रासिले राजनीतिलाई सम्बोधित गर्दछ। सफल राजनेता हुनका लागि माथिको राशि तथा लग्न हुन उत्तम मानिन्छ। माथि उल्लेखित भाव तथा भावेसहरुको एक आपसमा पहिलो भाव,चौधौँ भाव,पञ्चम भाव नवौँ भाव दसौँ भावमा तथा एघारौँ भावमा यूक्ति भएको छ ,एक आपसमा घर परिवर्तन भएको छ तथा एक आपसमा दृष्टिसम्बन्ध भएमा राजयोग बन्दछ र सफल राजनेता भई समाजमा सम्मानित जीवन व्यतित गर्दछ।

 

प्रकाशित: Jul 13, 2023| 19:07 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्