शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अष्ट्रेलियन एजुकेशन फेयर आजदेखि, अष्ट्रेलियाकै कलेजका प्रतिनिधि उपस्थित 

अष्ट्रेलियन एजुकेशन फेयर आजदेखि, अष्ट्रेलियाकै कलेजका प्रतिनिधि उपस्थित 

 |  मंगलबार, साउन २७, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०८२

काठमाडौं । अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आजदेखि सुरु भएको छ।

National life

अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो। 

फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिकै उपस्थितिमा कुन सहरका कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइने तथा हरेक अप्ठ्यारा परिस्थितिको सामना कसरी गर्ने भन्ने विषयमा समेत विश्वविद्यालयका  प्रतिनिधि र काउन्सलरले जानकारी दिने गोरेटो एजुकेशन कन्सलट्यान्सीका सिनियर काउन्सलर प्रकाश रेग्मीले जानकारी दिए।

a14429b7-885d-4cf2-b509-d0287fb945a2-1754972311.jpeg
 

पाँच दिनसम्म चल्ने फेयरमा अष्ट्रेलियामा रहेका विश्वविद्यालयको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लरबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आइएलट्स, टोफेलका बारेमा जानकारी दिइनेछ। 

Laxmi sunrise bank
kumari

फेयरमा उपस्थित हुने विद्यार्थीमध्ये १० भन्दा बढी विद्यार्थीलाई आईएलट्स, टोफेलको नि:शुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ। फेयरमा राष्ट्रिय स्तरका कलाकारले समेत प्रस्तुती दिनेछन्।

प्रकाशित: Aug 12, 2025| 10:03 मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्