आइतबार, वैशाख १३, २०८३

एसीसी इमर्जिङ नेसन्स टिम्स कप आजदेखि

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

काठमाडौं- आजदेखि श्रीलंकामा एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता शुरु हुँदै छ। इमर्जिङ टिम्स एसिया कप आजदेखि जुलाई २३ सम्म श्रीलंकामा हुनेछ। 

National life

इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्दै छन्। नेपाल प्रिमियर कपको विजेता बनेको थियो।

इर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन्। श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा रहेका छन्। प्रतियोगितामा सहभागी नेपाल बाहेक अन्य सबै देशले ए टिम पठाएका छन् भने नेपालले भने आगामी एशिया कपलाई ध्यानमा राख्दै सिनियर टिमलाई नै यस प्रतियोगितामा पठाएको छ।

नेपाली टिममा करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्ललाई बाहिर राखिएको छ। जसमा सन्दीप र दीपेन्द्र ग्लोबल टी–२० खेल्न क्यानडा जाने भएकाले टिममा समावेश गरिएको छैन।

त्यस्तै टिममा समावेश गरिएका आरिफ सेखले निजी कारणले आफ्नो नाम फिर्ता लिएपछि उनको ठाउमा अल राउण्डर पवन सराफलाई टिममा समावेश गरिएको छ। यस प्रतियोगितामा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोरालाई अवसर दिइएको छ।

kumari

प्रतियोगिताको पहिलो दिन समुह ए अन्तर्गत श्रीलंका ए र बंगालदेश ए तथा ओमान ए र अफगानिस्तान ए टिम खेल्दै छन्। नेपालले भने आफ्नो पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ। नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ।


 

प्रकाशित: Jul 13, 2023| 08:14 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्