बिहीबार, माघ २२, २०८२

बंगलादेश उड्यो नेपाली महिला फुटबल टिम

३१ सदस्यीय नेपाली महिला फुटबल टोली मैत्रीपूर्ण दुई खेल खेल्न बंगलादेश उडेको हो। 
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश उडेको छ। ३१ सदस्यीय नेपाली महिला फुटबल टोली बंगलादेश उडेको हो। बंगलादेश गएको नेपाली टोलीले ढाकामा पहिलो  खेल आगामी बिहीबार र दोस्रो खेल आइतबार खेल्नेछ।

National life

गत भदौमा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिप फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। बंगलादेशकै घरेलु मैदानमा नेपाली टोलीले हारको बदला लिने लक्ष्य राखेको छ।

नेपालको महिला फुटबल टोलीमा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, डिफेन्डरमा अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, अञ्जली वाइवा रहेका छन्।

यस्तै, मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही रहेका छन्। फर्वार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल सहभागी छन्।

प्रशिक्षकमा अनन्तराज थापा (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक) रहेका छन्।

Laxmi sunrise bank

प्रकाशित: Jul 11, 2023| 13:05 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्