बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माल्टा पठाइदिन्छु भन्दै साढे ५ लाख ठगीको आरोपमा सुष्मा तामाङ पक्राउ

माल्टा पठाइदिन्छु भन्दै साढे ५ लाख ठगीको आरोपमा सुष्मा तामाङ पक्राउ

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं- प्रहरीले माल्टा पठाइदिन्छु भन्दै साढे ५ लाख रुपैयाँ ठगी गर्ने महिलालाई पक्राउ गरेको छ।

National life

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–५ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने २९ वर्षीया सुस्मा तामाङ रहेकी छन्।

संजय गिरीलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, त्यसको लागि छ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटेलमा काम लगाइदिन्छु, मासिक एक लाख तलब हुने भन्दै ठगी गरेका थिए।

महिलाले पटकपटक गरी पाँच लाख पचासी हजार रुपैयाँ रकम लिइ सम्पर्कविहीन भएकी थिइन्।

प्रहरी टोलीले तामाङको खोजतलास गर्ने क्रममा मिति आज काठमाडौको तारकेश्वरस्थित फुटुङबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको जनाइएको छ।

Shivam cement

प्रकाशित: Jul 10, 2023| 18:58 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्