आइतबार, असोज ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बालेनको प्रश्‍न - प्रधानमन्त्रीले छुट पाउने म अपराधी?

बालेनको प्रश्‍न - प्रधानमन्त्रीले छुट पाउने म अपराधी?

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन शाहले आज सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त गरेको उल्लेख गर्दै आजदेखि तारिखमा रहेको जनाएका छन्।

Kumaribank

सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, 'आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु। भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको।'

सर्वोच्च अदालतले असार १३ गते लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो। सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन मंगलबार आदेश दिएको हो।

हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने बताएपछि अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए। 
बालेन आज सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएको बताइएको छ।

 

Metro Mart

 

प्रकाशित: Jul 09, 2023| 20:19 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्