आइतबार, असोज ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बासी भात दिएको भन्दै सौतेनी आमाको चिरपट हानेर हत्या, घरमा आगजनी

बासी भात दिएको भन्दै सौतेनी आमाको चिरपट हानेर हत्या, घरमा आगजनी

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- सौतेनी आमाको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। ३९ वर्षीया मिरादेवी भगतको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको बेतिया जिल्ला नरकटियागञ्जका २० वर्षीय प्रेम भगतलाई पक्राउ गरेको हो।

Kumaribank

भगत पूरै परिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ स्थित शिवनगरमा डेरा गरी बस्दै आएका थिए। सुरुमा मिराले आफैँ आगो लगाई आत्महत्या गरेको भनिए पनि पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेमले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

उनका अनुसार सौतेनी आमासँग विवाद भएपछि प्रेमले चिरपट प्रहार गरी हत्या गरेको देखिएको छ।

प्रहरीसँगको बयानका क्रममा प्रेमले असार २३ गते शनिबार बिहान आफूले मिरासँग खाना माग्दा बासी भात दिएको बताएका छन्। आफूले 'होटेलमै खान जान्छु, यहाँ खान्न' भनेर बाहिर जान खोजेपछि आफूलाई गाली गर्दा विवाद भएको प्रेमको दाबी छ। 

प्रेमले बुवाको नाम लिएर अनावश्यक गाली गर्न लागेपछि आफूले सौतेनी आमालाई धक्का दिएको र आफू माथि चिरपटले प्रहार गर्न खोजेपछि सोही चिरपट खोसेर पिठ्युँमा हान्न खोज्दा टाउकोमा लागेर तत्काल मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन्।

Metro Mart

चिरपट प्रहारबाट घटनास्थलमै मिराको मृत्यु भएपछि प्रेमले घरमै आगो लगाएर शव जलाएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Jul 09, 2023| 18:55 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्