मंगलबार, असार ३, २०८२

दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ पीएसजीमा आवद्ध

 |  आइतबार, असार २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

vianetvianet

काठमाडौं- फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले दक्षिण कोरियाका युवा मिडफिल्डर लि काङ इनलाई अनुबन्ध गरेको छ। २२ वर्षीय लि काङलाई पीएसजीले स्पेनिस क्लब रियल कायोर्काबाट ५ वर्षका लागि अनुबन्ध गरेको हो। उनले स्पानिस क्लबका लागि दुई वर्ष खेलेका थिए।

काङ लि पीएसजीले यस समर ट्रान्सफरमा अनुबन्ध गरेको चौथो खेलाडी हुन्। पीएसजीले यसअघि मिडफिल्डर म्यानुअल उगार्टे, सेन्ट्रल डिफेन्डर मिलन स्क्रिनियर र फरवार्ड मार्को एसेन्सियोलाई अनुबन्ध गरिसकेको छ।

लि काङले पीएसजीमा अनुबन्ध हुन पाउन गर्वको विषय भएको बताएका छन्। लिले दक्षिण कोरियाको लागि १९ खेल खेलेका छन्। उनले २०२२ को फिफा विश्वकप पनि खेलेका थिए।

 

प्रकाशित: Jul 09, 2023| 14:20 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्