मंगलबार, असार ३, २०८२

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो क्रिकेट टोली

नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरे पनि वेस्ट इन्डिजसँग १०१ रन र नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि सुपर सिक्स पुग्नबाट असफल भएको थियो।
 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet

काठमाडौं– विश्वकप छनोट खेल्न जिम्बाबे पुगेको नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपालले  आठौं स्थानमा चित्त बुझाउनुपरेको छ।

नेपाल विश्वकप छनोट क्रिकेटअन्तर्गत सातौं स्थानको प्लेअफमा टेस्ट मान्यताप्राप्त मुलुक आयरल्यान्डसँग दुई विकेटले पराजित भएको थियो। सन् २०१८ मा जिम्बावेमै भएको विश्वकप छनोटको पछिल्लो संस्करणमा पनि आठौं स्थान हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

आयरल्यान्डसँगको खेल नेपालको टेस्ट राष्ट्रसँग तेस्रो एकदिवसीय थियो। प्रतियोगितामा अर्का दुई टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इन्डिजसँग पनि नेपाल पराजित भएको थियो।

नेपालले अघिल्लो खेलमा सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईमाथि ३ विकेटको सानदार जित हासिल गरेको थियो । त्यसअघि समूह चरणको पहिलो खेलमा जिम्बाबेसँग नेपाल ८ विकेटले पराजित भएको थियो। नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरे पनि वेस्ट इन्डिजसँग १०१ रन र नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि सुपर सिक्स पुग्न असफल भएको थियो।

प्रकाशित: Jul 07, 2023| 13:10 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्