आइतबार, मंसिर २८, २०८२

एसीसी यू-१६ क्रिकेटको उपाधि नेपाललाई

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं- एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ। आज फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले पराजित गर्दै नेपालले प्रतियोगिता जितेको हो।

National life

नेपालले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता जितेको थियो। त्यस हिसाबमा मलेसियामा यसपटक पाएको सफलता नेपालको तेस्रो हो।

२५३ रनको विशाल लक्ष्य लिएर आएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो। कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चेर ६ विकेट लिए। सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ तथा सागर गैरे र अशोक धामीले १ विकेट लिए। मलेसियाका मोहम्मद अक्रम (१०) ले बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन्।

नरेन भट्टले सानदार शतक बनाएपछि नेपालले फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको थियो। नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको थियो।

नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 04, 2023| 11:53 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्