बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी यू–१६ इस्ट जोनकपः नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य

एसीसी यू–१६ इस्ट जोनकपः नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य

टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको छ।
 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

काठमाडौं– नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोनकप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ। टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको छ। नेपालका लागि नरेन भट्टले अविजित ११२ रनको योगदान गरे ।

National life

तेस्रो नम्बरमा क्रिज सम्हाल्न मैदान छिरेका  नरेनले केवल ८९ बलको सामना गरी २ छक्का र १० चौका हिर्काए। निरजकुमार यादवले पनि ४७ रन बनाए। ओपनर ब्याट्सम्यान नीरजले ४९ बलको सामना गरी ६ चौका हिर्काए। 

मलेसियाका बलर मुहम्मद अक्रमले ३ विकेट लिए। नेपालले सोमबारको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो।

आयोजक मलेसियाले अर्को सेमिफाइनल खेलमा हङकङलाई ७८ रनले पराजित गर्दै फाइनल पुगेको हो। यसअघि नेपालले थाइल्यान्डलाई २२५ रनले हराएको थियो।

प्रकाशित: Jul 04, 2023| 10:41 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्