बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसीसी यू–१६ इस्ट जोनकपः सिंगापुरलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

एसीसी यू–१६ इस्ट जोनकपः सिंगापुरलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

काठमाडौं– नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा पुगेको छ। बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

National life

नेपालले उपाधिका लागि मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। 

नेपालले दिएको १८५ रनको  लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अल आउट भएको छ।  सिंगापुरका लागि रोशन रविचन्द्रनले २४ रनको योगदान दिए पनि अन्य खेलाडी उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

सिगांपुरलाई कम स्कोरमा रोक्न नेपालका कार्तिक कामतले ३ विकेट लिए। यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो। 

ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिएका थिए। पहिलो विकेटका लागि यादव र कोइरालाले ११.३ ओभरमा ६३ रनको साझेदारी गरे। सिंगापुरका हरिहरन एक्लैले ३ विकेट लिए। हर्ष वेंकटराम र कविरले समान २ विकेट लिए।

Laxmi sunrise bank

प्रकाशित: Jul 03, 2023| 12:54 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्