बिहीबार, माघ २२, २०८२

यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ। आज जारी सातौँ स्थानको प्लेअफ खेलमा यूएईले नेपालसमक्ष जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको हो।

National life

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो।

यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए। उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन्। त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे। बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ। अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ।

Laxmi sunrise bank

प्रकाशित: Jul 02, 2023| 17:52 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्