मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन नमान्ने कागेश्वरी मनोहराका मेयरको घोषणा

मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन नमान्ने कागेश्वरी मनोहराका मेयरको घोषणा

मेयर कार्कीले शनिबार फेसबुकमा स्टाटस लेख्दै मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकामा त्यसलाई नमान्ने बताएका हुन्।
 |  शनिबार, असार १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

vianetvianet

काठमाडौं– मूलपानी क्रिकेट मैदानको नाम बदलिएकामा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले त्यसलाई नमान्ने घोषणा गरेका छन्।

मेयर कार्कीले शनिबार फेसबुकमा स्टाटस लेख्दै मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकामा त्यसलाई नमान्ने बताएका हुन्।

उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही कसैबाट भए हामीलाई स्वीकार्य हुने छैन।’ मूलपानी क्रिकेट रंगशाला कागेश्वरी मनोहरमा पर्छ।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी संस्थाका पूर्वअध्यक्ष स्व. जयकुमारनाथ साहको नाममा राखेको थियो।

प्रकाशित: Jul 01, 2023| 13:34 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्