मंगलबार, साउन २६, २०८३

मुग्लिन-नारायणगढ सडकमा पहिरो खस्न रोकिएन, सडक अवरूद्धै

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं- मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खस्ने क्रम हिजोदेखि नै जारी छ। आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन।

मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्ण रुपमा अवरुद्ध छ ।

पहिरो झर्ने क्रम जारी रहेकाले जोखिमका कारण मेसिन चलाउन नसकिएको प्रहरीले बताएको छ। हिजोदेखि नै जाममा परेका सवारीसाधनको लामो लाइन लागेको छ।

काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन्।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन्।

प्रकाशित: Jun 30, 2023| 07:20 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्