बुधबार, फागुन २७, २०८२

मनसुनमा पनि फैलिन सक्छ तातो हावा

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।

National life

प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनको समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको हो। यस वर्ष मनसुन प्रक्षेपणमा पानी सरदरभन्दा कम पर्ने तथा न्यूनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान गरिएको छ।

यसले गर्दा मनसुनको अवधिभित्र पनि छोटो समयमा खडेरी पर्ने तथा तराई, भित्री मधेस, उपत्यका एवं खोचमा तातो हावाको लहरको जोखिम बढ्न सक्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए। यसले गर्दा कृषि बालीको उत्पादन कमी हुने जोखिम देखिएको उनले बताए।

यस्तै मनसुनको समयमा पानीजन्य र जीवाणुबाट संक्रमण हुने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यो समयमा पनि दोहोरिन सक्नेतर्फ पनि सचेत हुन अनुरोध गरिएको छ। विगतमा झाडापखाला, हैजा, कमलपित्त, श्वासप्रश्वाससम्बन्धी रोग, कालाजार, डेंगु, इन्फ्लुएञ्जा, फ्लुलगायतका रोग देखिएका थिए।

मनसुनको सममया हैजा, कालाजार, झाडापखाला तथा सर्पदंशका कारण बर्सेनि करिब पाँच सयको ज्यान जाने गरेको छ। दूषित पानीको प्रयोगले रोग फैलन सक्ने जनाइएको छ। यस वर्ष पनि विभिन्न पानीजन्य रोग देखिन सक्नेतर्फ ध्यानाकर्षण गराइएको छ।

Laxmi sunrise bank
kumari

बाढी, पहिरो, डुबानजस्ता प्रमुख विपद्का घटनासँगै मनसुनका समयमा फैलन सक्ने डेङ्गु, मलेरिया, कालाजार, झाडापखाला, सर्पदंश जस्ता रोग एवं प्रकोपबाट जोगिन तयारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ। मनसुनको सुरुआतमै नेपालको पूर्वी क्षेत्रका जिल्लामा विपद्जन्य घटनाले ठूलो जनधनको क्षति गरेको छ।

प्रकाशित: Jun 25, 2023| 14:07 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्