बुधबार, फागुन २७, २०८२

यस वर्ष सबैभन्दा बढी डेंगु संक्रमण दार्चुलामा

 |  आइतबार, असार १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १०, २०८०

काठमाडौं- ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले ६ महिनाको अवधिमा डेंगुका ९ सय ३ केस देखिएको जनाएको छ।

National life

ईडिसिडीका अनुसार जनवरीदेखि हालसम्म ४७ वटा जिल्लामा डेंगुका केसहरु पाइएका हुन्। सबैभन्दा धेरै केस दार्चुलामा देखिएको छ। त्यहाँ डेंगुका १ सय ८७ केसहरु पाइएका छन्।

त्यसैगरी धादिङमा ९७, कास्कीमा ६६, सुनसरीमा ४९, म्याग्दीमा ३८, काठमाडौँमा ४३, भक्तपुरमा ३३ र ललितपुरमा १२ वटा केसहरु पाइएका हुन्। यो अवधिमा डेंगुबाट मृत्यु पुष्टि भएको छैन। फाट्टफुट्ट डेंगुका केस देखिए पनि अघिल्लो सालजस्तो नबढेको विभागले बताएको छ।

अघिल्लो वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्युसमेत भएको थियो।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो। एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन्।

Laxmi sunrise bank
kumari

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिन्छ।

डेंगु गराउने लामखुट्टेले घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थिर संग्लो पानीमा अन्डा फारेर वृद्धि विकास गर्छ र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउने हुन्छ। डेंगु संक्रमणको नियन्त्रण गर्न आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाईबाट बच्ने उपायहरु गर्नुपर्ने विज्ञहरुको भनाइ छ।
 

प्रकाशित: Jun 25, 2023| 07:57 आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्