शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पहिरोले मुहान बगाएपछि दूषित पानी खान बाध्य छन् ताप्लेजुङबासी

पहिरोले मुहान बगाएपछि दूषित पानी खान बाध्य छन् ताप्लेजुङबासी

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

फुङ्लिङ- बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ।  निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पुर्‍याउँदा सर्वसाधारणले दूषित खानेपानी पिउन बाध्य छन्।

National life

खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका—७ सुरूमखिम गाउँमा सर्वसाधारणले दूषित खानेपानी पिउन बाध्य भएका छन्। पहिरोको कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले शुद्ध पानी खान समस्या भएको स्थानीयवासीको भनाइ छ।

बाढीपहिरोले खानेपानीको  मुहान अङ्गुवा खोला र थाढे खोलाको मुहानमा ३० भन्दा धेरै ठाउँमा पहिरोले क्षति पुर्‍याएकाले  खानेपानीको समस्या आएको थाढे खोला खानेपानी  तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीष्माराज लिम्बूले बताएका छन्। उनले भने ‘अहिले खानेपानी वितरण पूर्णरुपमा बन्द भएको छ। खानेपानीको मुहान बगाएको छ। केही खानेपानीका संरचरनामा पूर्णरुपमा क्षति गराएकाले अहिले खानेपानी आपूर्तिमा समस्या भएको छ।’

बाढीपहिरोले सुरुम खिमका केराबारी, बुरुमखिम र टारी विभिन्न खानेपानीको पाइप बगाउँदा करिब दुई सय ९० घरपरिवार खानेपानीबाट  प्रत्यक्ष प्रभावित भएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले बताए। मेरिङदेन गाउँपालिकासमेत खानेपानीको समस्या हुँदै आएको छ।

 खानेपानी आयोजनाको संरचना बाढीपहिरोले बगाएपछि खाने पानीको समस्या भएको गाउँपालिकाले जनाएको छ। खानेपानीको पाइप, मुहान तथा ट्याङ्कीसमेत बगाउँदा ७४ घरपरिवार खानेपानीबाट वञ्चित भएको मेरिङदेन गाउँपालिकाका विपद् व्यवस्थापन समितिले जनाएको छ।

Shivam cement

प्रकाशित: Jun 21, 2023| 22:31 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्