शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेविसंघ नेताविरुद्धको मुद्दा फिर्ता निर्णयविरुद्ध सर्वोच्च पुगे उपप्राध्यापक चलाउने

नेविसंघ नेताविरुद्धको मुद्दा फिर्ता निर्णयविरुद्ध सर्वोच्च पुगे उपप्राध्यापक चलाउने

आफूलाई सांघातिक आक्रमण गर्ने नेविसंघ ‘गुन्डा’विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउनेले सर्वोच्चमा रिट हालेका हुन्।
 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक प्रेम चलाउने आफूलाई कुट्ने नेविसंघ विद्यार्थीमाथि जिल्ला अदालतमा रहेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा सरकारले फिर्ता लिएपछि रोक्न माग गर्दै सर्वोच्च अदालतको शरणमा पुगेका छन्।

National life

आफूलाई सांघातिक आक्रमण गर्ने नेविसंघ ‘गुन्डा’विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउनेले सर्वोच्चमा रिट हालेका हुन्।

उनले आफूमाथि आक्रमण गर्ने नेविसंघ नेताविरुद्धको मुद्दा फिर्ताको निर्णयमा सहमति जनाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, कानुन मन्त्रालय, काठमाडौं जिल्ला अदालतलगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।

रिटमाथिको सुनुवाइ ७ असारका लागि पेशी तोकिएको छ। गत २८ जेठको मन्त्रिपरिषद् बैठकले नेविसंघ कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि नागरिक समाज, प्राध्यापकलगायतले विरोध प्रदर्शन गरिरहेका छन्।

 

Shivam cement

प्रकाशित: Jun 21, 2023| 15:46 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्