आइतबार, असार ७, २०८३

कर्णाली सरकारको बजेटमाथि छलफल जारी

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

कर्णाली- कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी छ। कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौँ बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा सदस्यले आफ्ना धारणा राखे। 

National life

छलफलको सुरुमा भाग लिँदै प्रदेशसभा सदस्य रणसिंह परियारले बजेटमा दलितहरुलाई साङ्केतिक ढङ्गले सम्बोधन गरिएको बताए। उनले भने, ‘बजेटको बुँदा नम्बर ५० मा दलित, बोटे, राउटेलगायतका जाति र वर्ग आवश्यक रकम छुट्याउने भन्ने उल्लेख गरिएको छ। त्यो प्रक्रिया नै अमूर्त छ।’ अल्पसङ्ख्यक र सीमान्तकृत वर्गसँग दलितलाई मिसाउन नहुने भन्दै सदस्य परियारले बजेटमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिए।

प्रदेशसभामा सदस्य जीतबहादुर मल्लले बजेट गोलमालमा आएकाले त्यसलाई परिस्कृत बनाउनुपर्ने बताए। प्रदेशसभा सदस्य वीरबहादुर शाहीले डोल्पामा समानुपातिकरुपमा बजेट विनियोजन हुन नसकेको भन्दै आक्रोश पोखे भने टेकराज पछाईले नीति तथा कार्यक्रमभन्दा भिन्न आएको भन्दै बजेट निर्माणमा योजनामन्त्रीलाई दबाब दिने व्यक्तिको नाम सार्वजनिक गर्न आग्रह गरे। 

छलफलमा प्रदेशसभा सदस्य घनश्याम भण्डारी, कल्याणी खड्का, विजया बुढा, दक्षिणा शाही, लक्ष्मी सुनार, बलिमाया बुढाले समृद्ध कर्णाली निर्माणमा टेवा पुर्याउने बजेट ल्याउन सुझाव दिँदै प्रदेशसभामा आफ्ना धारणा राखेका थिए। सभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिइन्। 

प्रकाशित: Jun 20, 2023| 20:42 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कर्णालीका सडक चाडबाडमा झन् 'ज्यानमारा'

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिन्छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन फितलो हुँदा दुर्घटना बढ्ने गरेको देखिन्छ।

दुई बालकको मृत्युले वीरेन्द्रनगर तनावग्रस्त

छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकका आफन्तले संयुक्त रूपमा वीरेन्द्रनगर बजारमा आन्दोलन गरिरहेका छन्।