आइतबार, साउन १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • धुर्मुस-सुन्तली फाउन्डेसनलाई कर छुट दिने सरकारको निर्णय 

धुर्मुस-सुन्तली फाउन्डेसनलाई कर छुट दिने सरकारको निर्णय 

 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

vianetvianet

काठमाडौं- सरकारले धुमुर्स सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्‍ने कर छुट दिने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

त्यसैगरी यसअघि  सरकारले डा. सन्दुक रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले सोमबार असार ४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै डा. रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर(करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो।

कानुनअनुसार आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ। आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ । तर यस्तो पुरस्कार रकममा सरकारले कर नलाग्ने गरी छुट दिन सक्नेछ।

प्रकाशित: Jun 20, 2023| 20:15 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्