थाइराइडका विरामीको संख्या दिनानुदिन बढ्दो छ। थाइराइडको सबैभन्दा ठूलो समस्या भनेकै यो रोग लागेको एक तिहाई व्यक्तिलाई आफू पीडित भएको पत्तो नै हुँदैन।बीबीसीले तयार पारको एक रिपोर्टअनुसार थाइराइड महिलाहरुलाई प्रायः लाग्ने गर्छ। गर्भाअवस्था र बच्चा जन्मिनु अघिको तीन महिनामा ४४ प्रतिशत महिलामा थाइराइड देखा पर्ने गरेको छ।
एन्डोक्राइनोलाजिस्ट डा. बेल्लम भरणीका अनुसार थाइराइड घाटीमा पुतलीको आकारभएको एक ग्रन्थी अर्थात ग्ल्याड हो। उक्त ग्रन्थीले मुटु, दिमाग र शरिरको अन्य अंगलाई सही तरिकाले चलाउने हार्मोन उत्पन्न गर्छ। यसले शरिरको उर्जाको उपयोग गर्नमा सक्षम बनाउँछ र त्यसलाई न्यायो बनाएर राख्छ। डा. भरणीका अनुसार उक्त ग्रन्थीले शरिरको ब्याटरीजस्तै काम गर्छ। तर सो ग्रन्थीले यदि थोरै अथवा धेरै हार्मोन छोड्छ भने, थाइराइडको लक्षण देखिन थाल्छ।
थाइराइड ग्रन्थी जब शरिरको लागि प्रयाप्त हार्मोन उत्पन्न गर्न सक्दैन अनि त्यसलाई हाइपो थाइराइडिजम भन्ने गरिन्छ। उदाहरणको लागि यो त्यस्तो खेलौनाजस्तो हुन्छ जसको ब्याटरी सकिसेको हुन्छ। यस्तोमा शरिर पहिलेजस्तो सक्रिया रहँदैन र विरामी चाँडै थाक्ने गर्छ।
यसमा थाइराइड ग्रन्थीबाट ट्राइ आयोडिन थायरोक्सिन अर्थात टी३ र टी४ हार्मोन निस्किन कम हुनजान्छ यस्तोमा टीएचएच थाइराइड स्टिमुलेटिगं हार्मोन बढ्छ। उक्त ग्रन्थीले धेरै मात्रामा हार्मोन उत्पनन गर्न थाल्यो भने यसलार्य हाइपर थाइराइडिजम भन्ने गरिन्छ। यस्तोमा विरामीको दशा धेरै मात्रामा क्याफिन लिएको जस्तो हुन्छ।
तेस्रो स्थिति भनेको थाइराइड ग्रन्थीको सुन्निनु हो। जसलाई गायटर भनिन्छ। औषधिको सेवनबाट ठीक नभएपछि यसलाई अपरेशन गरेर ठीक गर्नुपर्ने हुन्छ।
थाइराइडको लक्षण
हाइपो थाइराइडको लक्षणः तौल बढ्नु, अनुहार र खुटटा सुन्निनु, कमजोरी, आलस्य, भोक नलाग्नु, निन्द्रा धेरै लाग्नु, चिसो धेरै लाग्नु, महिलाहरुको मासिक चक्रमा परिवर्तन आउनु, कपाड झड्नु, गर्भाधानमा समस्या हुने चिकित्सक बताउँछन्।
हाइपर–थाइराइडको लक्षणः डा बेल्लम भरणीको अनुसार, यसमा आवश्यकताभन्दा बढि हार्मोन निस्किने हुनाले भोक लाग्ने र प्रर्याप्त खाना खाएपछि पनि तौल घट्दै जाने र पखाला लाग्ने हुन्छ। चिकित्सकका अनुसार यसमा छटपटी हुनु, हाथखुट्टा काम्नु र गर्मी धेरै लाग्ने हुन्छ। यसमा मुड स्विगं, निन्द्रा नलाग्ने, दृष्टि कमजोर हुनेजस्तो लक्षण देखापर्छ।
कसरी पता लगाउने
चिकित्सकले ग्रन्थीले सही तरिकाले काम गरेको छ कि छैन भनेर थाइराइडको जाँच गराउने सल्लाह दिन्छन्।
कति खतरनाक
हाइपो–थाइराइडिजमको पहिचान समयमा भएन भने यसले दिमागमा समस्या उत्पन्न गर्न सक्छ। भने हाइपर–थाइराइडिजमको कारण मुटु ढुकढुक हुने, धडकन घट्नु–बढ्नुजस्तो समस्या देखापर्छ जसले मुटुरोग लाग्नसक्ने चिकित्सक बताउँछन्।
हाइपो–थाइराइडिजमको मामिलामा सोडियमको स्तर कम हुनाले विरामी कोमामा जानसक्ने चिकित्सक बताउँछन्। बच्चा जन्मिएपछि उक्त समस्याको पहिचान नभएमा उसको मानसिक विकास रोकिने र आइक्यु लेवल कम हुनसक्छ। यद्यपि उपचारपछि उक्त विमारी ठीक हुनसक्छ।
के हो थाइराइड क्यान्सर?
ईएनटी स्पेशलिस्ट डा अपर्णा महाजनकोअनुसार १०० महिलामध्ये ४ जनामा थाइराइडको क्यान्सर हुनेगर्छ। उनको अनुसार थाइराइड ग्रन्थीका केही सेल्स धेरै बढेपछि त्यसलाई क्यान्सर भनिएको छ। समयमा पहिचान हुन सके यसको उपचार गर्न सकिन्छ। थाइराइड क्यान्सरको लक्षणमा घाटीमा गाँठो हुनु, स्वास लिनु र केही निल्नुमा गाह्रो हुने गर्छ। यस्तो लक्षण देखिएमा नाक, कान घाटीको विशेषज्ञको सल्लाह लिने चिकित्सक बताउँछन्।
गर्भाअवस्थामा हुने थाइराइड
गर्भाअवस्थामा प्राय महिलामा सबक्लिनिकल हाइपोथायरायडिज्म हुनेगर्छ। यस्तो स्थितिमा थाइराइडको लक्षण देखिदैन तर टीएसएचको लेवल बढ्छ। चिकित्सकको अनुसार यस्तो अवस्थामा उपचार भएन भने गर्भपात हुने संभावना बढेर जान्छ।
लाइफ स्टाइल बदलेर पनि नियन्त्रण गर्न सकिन्छ
लाइफ स्टाइल बदलेर पनि थाइराइड नियन्त्रणमा राख्न सकिने चिकित्सक बताउँछन्। यसकालागि संतुलित भोजन लिनुपर्छ। खानामा फल, तरकारी, अण्डा खानु उपयुक्त हुन्छ भने फास्ट फूडबाट बच्नुपर्ने हुन्छ।
चिकित्सका अनुसार आयोडीन थाइराइडकोलागि महत्वपूर्ण हुन्छ। यसले हार्मोन बनाउनमा मदत गर्छ भने सेलेनियम, थाइराइड एन्जाइमलाई सक्रिय बनाउँछ। उक्त तत्व हामीलाई चामल, माछा, मासु र तरकारीहरुबाट प्राप्त हुन्छ।
यसका साथै चिकित्सकले कम्प्लेक्स कार्बोहाइड्रेट शामेल गर्ने सल्लाह दिन्छन्। यसमा फाइबर धेरै हुन्छ जो हामीलाई अनाज, फल र तरकारीबाट प्राप्त हुन्छ।
चिकित्सकका अनुसार हाइपो–थाइराइडिज्ममा मेटाबोलिज्म रेट कम हुनजान्छ, त्यसलाई बढाउनकोलागि कार्डियो एक्सरसाइज गर्ने सल्लह दिन्छन्, जसमा हिड्नु, दौड्नु, जगिंग, ब्रिस्क वाक, ट्रेड मिलमाथि दौडनुजस्तो व्यायाम शामेल गर्न सकिन्छ।
साथै थाइराइडको विरामीलाई ग्लाइसिमिन खानबाट जोगिने सल्लाह दिन्छन्। चिकित्सकले यसमा पलिश गरेको चामल, फाइबर लेस डाइट र मैदा नखाने सल्लाह दिन्छन्। यसकासाथै राम्रो निन्द्रा लिने र पेकेटका खानेकुरा र प्रिजर्व खाना नखाने सलाह दिन्छन्।
- बीबीसी हिन्दीबाट