NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • डा. सन्दुक रुइतले पाउने पुरस्कार राशिको करमा छुट दिइने 

डा. सन्दुक रुइतले पाउने पुरस्कार राशिको करमा छुट दिइने 

 |  सोमबार, असार ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

vianetvianet

काठमाडौं- सरकारले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले पाउने पुरस्कार राशिमा कर छुट दिने भएको छ।

प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका रुइतले पाउने बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी गराइएको छ। 

बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्तिरसंस्थालाई प्रदान गर्दै आएको छ।

खाडी मुलुक बहराइनको राजधानी मनामामा मंगलबार आयोजित पुरस्कार घोषणा समारोहमा राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि डा. रुइतलाई इसा अवार्डका लागि छनोट गरिएको थियो। 

प्रकाशित: Jun 19, 2023| 20:07 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्