आइतबार, असार ७, २०८३

'मर्न सिवाय केही विकल्प बाँकी रहेन'

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन्।

National life

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउने  त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका हुन्। उनले आफू मर्न सिवाय केही विकल्प बाँकी नरहेको बताएका छन्।

आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाडौं पुगेका थिए। तर प्रहरीले उनलाई नियन्त्रणमा लिएर रिहा गरेको थियो। 

जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। त्यसको विरुद्धमा उनी आमरण अनसन बसेका हुन्। 

Untitled-11111322331687180950.jpg

Shivam cement

Untitled-222221687180950.jpg

 

प्रकाशित: Jun 19, 2023| 18:56 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्