आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्यार्थीबाट कुटाइ खाएका उपप्राध्यापक चलाउने न्याय माग्दा प्रहरी नियन्त्रणमा

विद्यार्थीबाट कुटाइ खाएका उपप्राध्यापक चलाउने न्याय माग्दा प्रहरी नियन्त्रणमा

३० जेठको मन्त्रिपरिषद् बैठकले चलाउने कुटपिट गर्ने कांग्रेस कार्यकर्ता आचार्यलगायतको ज्यान मार्ने उद्योगविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयपछि त्यसको विरोधमा अदालत परिसर पुगेका बेला उनी पक्राउमा परेका हुन्। 
 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने आफूलाई कुट्ने विद्यार्थीलाई सरकारले सजाय माफी दिएको विरोधमा अदालत जाँदा प्रहरी पक्राउमा परेका छन्।

National life

२० असोज २०७७ मा नेविसंघ त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए।

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्नेविरुद्ध दायर ज्यान मुद्दाको रिट अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचराधीन छ। तर ३० जेठको मन्त्रिपरिषद् बैठकले चलाउने कुटपिट गर्ने कांग्रेस कार्यकर्ता आचार्यलगायतको ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय लिएको विरोधमा उनी अदालत परिसर पुगेका बेला पक्राउमा परेका हुन्। उक्त घटनाको पेशी आउँदो मंगलबारलाई तोकिएको थियो। 

चलाउनेसहितका केही व्यक्तिलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। कुटपिटबाट घाइते भएका उपप्राध्यापकको ज्यान मार्ने उद्योग कसुरको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

त्यसको मंगलबार अदालतमा पेशी छ। आफूमाथि आक्रमण गर्नेलाई सजाय माफी दिएर राज्यले अपराधीको मनोबल बढाएकाले अनशन बस्ने तयारीमा रहेको उनले जानकारी दिए।

Shivam cement

प्रकाशित: Jun 19, 2023| 13:41 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्