आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय कारागार बन्‍यो मिटरब्याज र असुली धन्दाको अखडा, गृहमा पर्‍यो उजुरी 

केन्द्रीय कारागार बन्‍यो मिटरब्याज र असुली धन्दाको अखडा, गृहमा पर्‍यो उजुरी 

 |  आइतबार, असार ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

काठमाडौं- सुन्धारास्थित केन्द्रीय कारागारमा मिटरब्याज र असुली धन्दा सञ्‍चालन गरी विकृतिको अखडा बनाएको भन्दै अनुसन्धानको मागसहित गृह मन्त्रालयमा उजुरी परेको छ।

National life

कारागारभित्रका केही कैदीबन्दीहरुले मिटरब्याजको धन्दा चलाउनेदेखि जेल सरुवा गरिदिने धम्की दिएर रकम असुली गरेको दाबीसहित मन्त्रालयमा उजुरी परेको हो। मन्त्रालय स्रोतका अनुसार उजुरीमा कारागारभित्र लागूऔषध, चुरोट र मदिरा खुलेआम प्रयोग र बिक्री वितरण भइरहेको समेत उल्लेख छ।

कारागारको जेलर भवनमा आउने मानिसहरुको चेकजाँच हुने र त्यहाँसम्म मूल नाइके, चौकीदार, हेडमास्टरलगायतका कैदीबन्दी बिना अवरोध आउन पाउने भएकाले त्यसको फाइदा उठाएर कारागारमा लागूऔषध र मदिरा भित्रिने गरेको उजुरीमा उल्लेख छ।

उजुरीमा कैदीबन्दीले आफन्त र अरुबाट पाउने रकमको ५० प्रतिशत कमिसनको रुपमा लिने गरेको दाबी पनि गरिएको छ। ‘कैदीबन्दीका आफन्तले कैदीलाई पैसा दिन चाहे मूल नाइकेको हातमा दिनुपर्छ’, उजुरीमा भनिएको छ, ‘उक्त रकम स्टाफ बसेको कैदीमार्फत पाएपछि मूल नाइकेले कमिसनको नाममा ५० प्रशित उठाउने गर्छन्।’

कारागारभित्र कैदीबन्दीलाई पैसा उधारो लिन उकासेर त्यस्तो पैसाको १०० बराबर मासिक ५ रुपैयाँका दरले मिटरब्याज उठाउने गरिएको पनि भनिएको छ। चौकीदार, हस्पिटल नाइके, हेडमास्टर लगायतले जेलबाट सरुवा रोकिदिने भनेर १ लाखदेखि २ लाख रुपैयाँसम्म उठाउने गरेको उजुरीमा उल्लेख छ। तर, कारागारका जेलर ललित बस्नेतले जेलको आन्तरिक प्रशासन फेरिने बेला चलखेल गर्ने उद्देश्यले अफवाह फैलाउने कोशिस भएको दाबी गरे।

kumari

जिल्ला अदालत काठमाडौंको आदेशपछि नक्कली भुटानी शरणार्थी मुद्दाका अभियुक्तहरुलाई पनि पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागारमा नै थुनामा राखिएको छ। 

प्रकाशित: Jun 18, 2023| 19:47 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्