बुधबार, असार ३२, २०८२

कस्ता हुन्छन् औंसी तिथिमा जन्मिने व्यक्ति ?

 |  आइतबार, असार ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३, २०८०

vianetvianet

ज्योतिष शास्त्रमा प्रत्येक तिथिमा जन्म लिनेहरुको अलग अलग फल बताइएको छ। अमावस्या अर्थात् औंसी तिथिमा जन्म लिएका व्यक्तिहरुको फल कस्तो हुन्छ र यसको लागि कस्तो उपाय गर्नुपर्छ? आउनुस् यसबारे जानौं।
ऋषि पाराशरका अनुसार अमावस्या (औंसी) दिन जसको जन्म भएको हुन्छ, त्यस व्यक्तिको जन्मपछि बिस्तारै घरमा दरिद्रता बढ्छ। अत: अमावस्याको दिन सन्तानको जन्म भएको छ भने उचित रीतिले शान्ति गर्नुपर्ने विधान रहेको छ।

ज्योतिष शास्त्र अनुसार कुण्डलीमा जब सूर्य र चन्द्रमा एउटै भाव वा घरमा रहेको छ भने अमावस्या (औंसी) दोष हुन्छ। तर यो दोषले अलग अलग भाव अनुसार अलग अलग फल दिन्छ। जस्तै, प्रथम भावमा सूर्य र चन्द्रमा सँगै रहेका छन् भने उसलाई आफ्नो  माता पिताबाट कहिले पनि सुख मिल्दैन वा मतभेद रहन्छ। त्यस्तै दशौं भावमा सूर्य र चन्द्रमा रहनाले जातक शारीरिक रूपले बलियो हुन्छ तर उसले अपमानको सामना गरिरहनुपर्ने हुन्छ।

यो पनि भनाइ छ कि अमावस्या (औंसी)मा जन्मेको बच्चा व्याकुल, अस्थिर, कमजोर आत्मबल भएको, अल्छि आदि हुन्छ र यस्ता व्यक्तिले भविष्यमा स्त्री, पुत्र, कुल, धन आदि सम्बन्धी हानिको सामना गर्नुपर्ने हुन्छ। चन्द्रमाले हाम्रो मन र मस्तिष्कमा आफ्नो पूर्ण प्रभाव र नियन्त्रण राखेको हुन्छ। अमावस्या (औंसी)मा चन्द्रमा कमजोर हुनाले व्यक्ति मानसिक रोगले पीडित हुन सक्छ। उसको मन कमजोर हुने र सधैँ दोधारेपन र अस्थिरता रहन्छ।

अमावस्या(औंसी) दोष निवारणका उपायहरु
सधैं बिहान शुद्ध भएर सूर्यलाई अर्घ दिनुपर्छ।
सूर्य र चन्द्रमासँग सम्बन्धित दान गर्नुपर्छ। जस्तै: गहुँ, रातो र सेतो कपडा, दूध, चामल, खीर, इत्यादि।
शिवको आराधना गर्नुपर्छ र शिवलिंगमा दूध र पानी मिलाएर अभिषेक गर्नुपर्छ वा पूर्णिमाको व्रत गर्नुपर्छ।

 

प्रकाशित: Jun 18, 2023| 19:07 आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्