NadaNada
शुक्रबार, भदौ ६, २०८२

जलजलाको करिब आठ ट्रक फोहर व्यवस्थापन

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

रोल्पा- पर्यटन विकासमा योगदान गर्ने भन्दै यहाँका युवाले पर्यटकीय क्षेत्र जलजलाको सरसफाइ गरेका छन्। रोल्पा नगरपालिका-८, ९ र १० तथा सुनछहरी गाउँपालिका–७ र थवाङ गाउँपालिकाका स्थानीयवासी एवं युवाको सहभागितामा जलजला क्षेत्र सरसफाइ गरिएको हो। 

सरसफाइबाट करिब आठ ट्रक फोहर संकलन गरी व्यवस्थापन गरिएको थियो। ‘जल्ने र नजल्ने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्‍यौँ’, पर्यटन अभियानकर्मी बालकुराम पुनले भने, ‘पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल र अन्य प्लाष्टिकजन्य फोहरका साथै पेयपदार्थका बोतल, सिसा, जस्तापाताका टुक्रा जम्मा भएका रहेछन् ती फोहर सबै व्यवस्थापन गरेका छौँ।’ 

सरकारले जलजलालाई नेपालका एक सय पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरेको थियो। जलजला धार्मिक, युद्ध र पर्या–पर्यटनको सङ्गम मानिन्छ। बर्सेनि  वैशाख, जेठ र श्रावण पूर्णिमामा तीन पटक मेला लाग्ने सो ठाउँमा टाढाटाढाबाट हजारौँ भक्तजन र तीर्थालु आउने गर्दछन्। यहाँ ठूलो सङ्ख्यामा बलि दिने गरिन्छ। 

आन्तरिक तीर्थालुका साथै जलजलामा दाङ, सल्यान, रुकुम, प्यूठान, बागलुङ, बाँकेलगायतका जिल्लाबाट तीर्थालु आउने गरेको बताइन्छ। रोल्पा, सुनछहरी र थवाङ गाउँपालिकाको सिमानामा पर्ने सो क्षेत्र यहाँको सुन्दर पहाड हो। यसको उचाइ तीन हजार आठ सय मिटर रहेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गबाट जलजला जाने पर्यटकको सहजताका लागि विभिन्न ठाउँमा संकेत चिन्हसमेत राखेको छ।

दलदले जमिन भएको जलजलामा करिब एक दर्जन प्रजातिका गुराँसका साथै अन्य बहुमूल्य जडीबुटीसमेत रहेको बताइन्छ। घोरल, थार, मृग, बँदेल, बाघ, भालुलगायतका जंगली जन्तुका साथै धुपी, वाँच, रयँच, भोजपत्र, लेक सल्लालगायतका वनस्पति पाइन्छन्।

Metro Mart

यहाँ डाँफे, मुनाल, कालिजलगायतका पक्षीसमेत रहेको स्थानीयको भनाइ छ। यो क्षेत्रलाई १० वर्ष लामो सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले पूर्णरुपमा बन्देज गरी संरक्षण गरेको थियो।   -रासस

प्रकाशित: Jun 15, 2023| 20:46 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्