बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • काठमाडौंलाई कुरुप बनाउने असरल्ल तार हटाइँदै [तस्बिरहरु]

काठमाडौंलाई कुरुप बनाउने असरल्ल तार हटाइँदै [तस्बिरहरु]

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

काठमाडौं- जताततै गुजुल्टिएका र लत्रिएका तारले सुन्दर कलात्मक सहर काठमाडौंलाई कुरुप बनाइरहेको लामो समय भएको थियो। काठमाडौं महानगरपालिकामा थुप्रै मेयर आए–गए तर तारको डंगुरलाई पूरै हटाएर पुनः व्यवस्थित गर्ने आँटचाहि कसैले गरेनन्। लत्रेका–बिग्रेका केही तार छाट्ने काम चाहिँ नगरेका होइनन्।

National life

यस पटक भने मेयर बालेन शाहको निर्देशनमा महानगरले सबै तारलाई हटाएर व्यवस्थित रुपले पुनः लगाउने काम गरिरहेको छ। महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार तार व्यवस्थापनको काम भइरहेको छ। पहिलो लटमा थापाथलीदेखि एयरपोर्ट, त्रिपुरेश्वरदेखि कलंकी, महाराजगन्ज क्षेत्र, न्युरोड गेटभित्रसम्मको काम अहिले सुचारु रहेको छ।

लत्रिएको झुण्डिएको अवस्थामा रहेको ७० प्रतिशत तार काम नलाग्ने रहेको अधिकारी बताउँछन्। अहिले ५० जना कर्मचारी दैनिक तार व्यवस्थापनमा खटाइएको महानगरपालिले जानकारी दिएको छ। सहायक प्रवक्ता अधिकारीका अनुसार सबै नगरप्रहरीहरु नै खटाइएको हुनाले यसमा लागत लगाउनु परेको छैन। उनले कटरहरु किन्नमामात्र खर्च लागेको बताए। अधिकारीले काठमाडौं नगरपाकिाभरि को सबै अव्यवस्थीत तार हटाइने जानकारी दिए।

Shivam cement

 

 

प्रकाशित: Jun 08, 2023| 14:25 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्