शुक्रबार, वैशाख २६, २०८२

एसियाड पौडीका लागि चार खेलाडी छानिए

संघले आयोजना गरेको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी १९औं एसियन गेम्सका लागि छानिएका हुन्।
 |  बुधबार, जेठ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

vianetvianet

काठमाडौं– नेपाल पौडी संघले चीनको ग्वाङझाउमा हुने १९औं एसियन गेम्सका लागि चार खेलाडी छनोट गरेको छ। संघले आयोजना गरेको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट दुई पुरुष र दुई महिला गरी चार खेलाडी १९औं एसियन गेम्सका लागि छानिएका हुन्।

triton college

खेलाडीले प्राप्त गरेको उच्च फिना अंकका आधारमा छनोट गरिएको संघ अध्यक्ष अशोक वज्राचार्यले बताए। छनोट हुने खेलाडीमा पुरुषतर्फ एलेक्जेन्डर गादेगार्ड शाह र नासिर याह्या हुसेन तथा महिलातर्फ गौरिका सिंह र डुवाना लामा रहेका छन्।

एलेक्सले ६९२ फिना अंक प्राप्त गरेका थिए। नासिरले ६६४ अंक, गौरिका र डुवानाले समान ५८६ अंक प्राप्त गरेका थिए। वैकल्पिक खेलाडीमा पुरुषतर्फ विकास कुमाल र महिलातर्फ अनुशिया तण्डुकार रहेका छन्। कुमालले ६०६ फिना अंक र अनुशियाले ५२८ अंक प्राप्त गरेका थिए।

चार खेलाडीले जापानको फुकुओकामा २९ असारदेखि हुने पेरिस ओलम्पिक २०२४ को छनोट प्रतियोगितासमेत रहेको वल्र्ड अक्वाटिक च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Jun 07, 2023| 11:47 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्