आइतबार, वैशाख २८, २०८२

के हो गाईभैंसीमा लाग्ने लम्पी स्किन ? कसरी बचाउने ?

 |  सोमबार, जेठ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २२, २०८०

vianetvianet

काठमाडौं- गर्मी याम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। लम्पी स्किन पशुको छालामा देखिने रोग हो। यो रोग कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा समेत फैलिएको छ। 

triton college

यो रोग झिंगा (डाँस) भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने संक्रामक रोग हो। यो रोग लागेका गाई, भैंसीको छालामा साह्रो गिर्खा देखिने र उच्च ज्वरो आउने गर्दछ। रोगी गाई, भैंसीको दूध उत्पादन घट्छ। यस रोगको रोकथाम तथा उपचारका लागि निम्नानुसार उपायहरु अपनाउनुपर्छ।

रोग देखिएका गाईभैंसीलाई गरिने प्राथमिक उपचारः
- ज्वरो घटाउनका लागि पारासिटामोल (वा मेलोक्सिकेम) प्रयोग गर्ने

- घाउ चिलाउन कम गर्नको लागि प्राविधिकको सल्लाहअनुसार उचित औषधिको प्रयोग गर्ने फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलहम प्रयोग गर्ने

- रोगका कारण शिथिल भएको पशुलाई आवश्यकता अनुसार सलाइन दिने

National life insurance

- शरीरमा गिर्खाको संख्या अत्यधिक भएका पशुमा आइभरमेक्टिन सुई लगाउने घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाह अनुसार एन्टिवायोटिक्सको सुई लगाउने

रोग लागेका गाईभैंसीको हेरचाह
- रोग देखिने बित्तिकै बथानबाट छुट्याएर अलग्गै राखे

- ज्वरो आएको पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने

- प्रशस्त मात्रामा सफा पानी खान दिने

- पातलो कुँडो वा नरम घाँस दिने, दाना, पानी राम्ररी नखाने पशुलाई सख्खर पानी वा गुँड पानी खुवाउने

- गोठमा झिंगा, भुसुना, लामखुट्टे लाग्न नदिन गोठमा र गोठ वरिपरी झाडी तथा बुट्यान सफा गर्ने, गोठ फिनेलको घोलले सफा गर्ने, पशुको वरिपरी किरा तथा भुसुना भगाउने किसिमका स्प्रेको प्रयोग गर्ने आफ्नो गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामूहिक चरन, खर्क,आहालमा नलैजाने

यसबारे थप जानकारीका लागि नजिकैको पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क गर्ने
स्रोत: पशु सेवा विभाग, हरिहरभवन


 

प्रकाशित: Jun 05, 2023| 06:21 सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्