मंगलबार, असोज ९, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्डलाई संसदीय कठघरामा उभ्याउनुपर्छ: शंकर पोखरेल

प्रधानमन्त्री प्रचण्डलाई संसदीय कठघरामा उभ्याउनुपर्छ: शंकर पोखरेल

 |  आइतबार, जेठ २१, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाएका छन्। प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुराको सट्टा बंगलादेश जाने सिधा बाटो लिन सकिने अभिव्यक्ति दिएपछि उनले यस्तो आरोप लगाएका हुन्।

sagarmatha cement

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल र नेपालीको शीर निहुराउने भारत भ्रमण र कालापानी, लिपुलेक र लिम्पियाधुरा बंगलादेश जाने मार्गका लागि छोड्न सक्ने अभिव्यक्ति गम्भीर राष्ट्रघात हो। बंगलादेश जानेबाटो नेपाल जस्ता भूपरिवेष्टित राष्ट्रले पाउनैपर्ने अधिकारको विषय हो। यसलाई हाम्रो मिचिएको भूभागसँग जोडिनु गम्भीर राष्ट्रघाती सोच हो। यसप्रति सिंगो संसद् र माननीयज्यूहरूको ध्यान गम्भीर रूपमा जानुपर्छ।’

प्रधानमन्त्रीले औपचारिक भ्रमणलाई पारिवारिक निजी भ्रमणजस्तो बनाएको आरोप पनि उनले लगाएका छन्। भारत भ्रमणका क्रममा नेपालले आफ्नो सरोकारका विषयमा भ्रमणलाई केन्द्रित गर्न पूर्णतः असफल रहेको उनको बुझाइ छ। ‘सीमा समस्याको समाधान, भारतीय बाँधका कारणले बर्खामा हुने गरेको तराई क्षेत्रको डुबानको समस्याको समाधान,पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ एयर रुटको प्राप्ति र नेपाल-भारत असमान सन्धि सम्झौताको सुधारका लागि तयार भएको इपीजीको प्रतिवेदनको कार्यान्वयन। यस्ता विषयलाई अदृश्य भयका कारण प्रधानमन्त्री स्वयंले उपेक्षा गरेको देखियो,’ उनले भनेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय चासोको आँखा चिम्लेर सम्बोधन गर्ने काम भएको उनले बताएका छन्। प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीको सान्त्वना भाषणको प्रशंसा गरेर भ्रमणको औचित्य पुष्टि गर्न खोजेको पोखरेलको टिप्पणी छ। उनले भनेका छन्, ‘भारत भ्रमणका क्रममा देखिएको नेपाल पक्षको कमजोर तयारी, भ्रमण दलका सदस्यहरूबाट भएको कूटनीतिक मर्यादाको गम्भीर उलंघन र प्रधानमन्त्रीकै राष्ट्रघाती अभिव्यक्तिका लागि उहाँलाई संसदीय कठघरामा उभ्याउनु सक्नुपर्छ। ताकी भविष्यमा कुनै पनि प्रधानमन्त्रीले विदेशमा गएर यस प्रकारले राष्ट्रको शीर निहुराउने काम नगरोस्।'

यस्तै, संसद्को विशेषाधिकार हननको विषय प्रधानमन्त्री भारत भ्रमणमा जाँदैगर्दा हदम्याद गुज्रिएर निष्क्रिय बनेको विधेयक मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रपतिबाट प्रमाणीकरण हुनु संसद्को क्षेत्राधिकारको गम्भीर उल्लिनको भएको उनले बताएका छन्। उनले भनेका छन्, ‘विधेयकमा छलफल गर्ने, पारित गर्ने र प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने काम संसद्को हो, सरकारको होइन। त्यसमाथि नयाँ जनादेशबाट नयाँ प्रतिनिधिसभा आएको ६ महिनाभन्दा बढी भइसकेको अवस्थामा निष्क्रिय र विवादास्पद विधेयक अनुचित तरिकाबाट प्रमाणीकरण गरिनु खेदजनक छ।’ नेपाली चेलीहरू बिहे गरेर भारत जाँदा भारतीय नागरिकताको अधिकार पाउन ७ वर्ष लाग्ने र नेपालमा विवाहसँगै नागरिकता पाउने व्यवस्था राष्ट्रको हित विरुद्धमा भएको उनले उल्लेख गरेका छन्।

प्रकाशित: Jun 04, 2023| 11:38 आइतबार, जेठ २१, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

सुरक्षा माग्दै माइतीघर मण्डलामा डाक्टरहरुको विरोध प्रदर्शन

आज माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल मेडिकल कलेजलगायत काठमाडौं उपत्यकाका डाक्टर सहभागी छन्।
उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले भेटिन् ईःअभियन्ता

उपमेयर डंगोलले राष्ट्रिय सभागृह अगाडि उभिएर महानगरको कार्यशैलीको विरोध गरिरहेका ईःअभियन्तालाई भेटेकी हुन्।
'जनतालाई कसरी मुख देखाउनु'

'जनतालाई कसरी मुख देखाउनु'

संसद्को क्षमता नभएको होइन, सांसदकै कमजोर प्रवृत्ति छ।