शुक्रबार, वैशाख ७, २०८१

'दक्षिणेश्वर दर्शन'मा गेरु वस्त्रमा प्रचण्ड अवतार

शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आइपुग्दा माओवादीले आफ्नो रुप फेर्न सुरु गरेको थियो, जसको उदाहरणको रुपमा प्रचण्डले गरेको 'भैँसी पूजा' मानक बन्‍न पुग्यो।
 |  शुक्रबार, जेठ १९, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं- पाँच महिनाअघि प्रधानमन्त्री नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ ग्रहणमा 'ईश्‍वर' शब्दसमेत उच्चारण नगरेका पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा शुक्रबार उज्जैनमा रहेको महाकालेश्‍वरको मन्दिरमा १०८ किलो रुद्राक्ष चढाएर 'विशेष पूजा' गरेका छन्। दौरा-सुरुवाल फुकालेर गेरुवस्‍त्र धारण गरेका प्रचण्ड महाकालेश्‍वरका पुजारीसामु धर्म-भीरुको स्वरुपमा देखिएका छन्। 

triton college

उनकै पार्टीले २०७८ पुसमा सम्पन्‍न आठौं राष्ट्रिय महाधिवेशनबाट माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउने, मठमन्दिरमा विशेष पूजा आयोजना नगर्ने र सामाजिक सञ्जालमा रिप (रेस्ट इन द पिस) अथवा स्वर्गमा बास होस् लेख्‍न/भन्‍नसमेत नपाउने निर्णय गरेको थियो। यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष प्रचण्डले डेढ वर्षमै महाकालेश्‍वर पुगेर विशेष पूजा गरेका छन्। 

जसरी उनले आफ्नो नाम परिवर्तन गरे, त्यसरी नै उनले आफ्नो सिद्धान्त, रुप र अवतार परिवर्तन गरिरहेका छन्। छविलाल दाहालबाट पुष्पकमल हुँदै २०५० को दशकमा माओवादी आन्दोलन सुरु गर्दा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाममा भूमिगत रहेका उनले नाममात्र फेरेनन्, आफ्नो सिद्धान्त र स्वरुपमा पनि परिवर्तन गरेका छन्। 

२०५० को दशकको सुरुवातदेखि परम्परागत सामाजिक-सांस्कृतिक मान्यता भत्काउने अभियान चलाएर हिन्दू धर्मावलम्बीहरुको धार्मिक आस्थामाथि प्रहार गर्दै आन्दोलन थालेका प्रचण्ड पछिल्लो समय मन्दिर धाउने र भगवानको शरणमा जाने गतिविधिहरुमा निकै सक्रियताका साथ लागेका देखिन्छन्, जुन कुरा उनको यसपटकको भारत भ्रमणले पनि पुष्टि गरेको छ। 

शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आइपुग्दा माओवादीले आफ्नो रुप फेर्न सुरु गरेको थियो। जसको उदाहरणको रुपमा प्रचण्डले गरेको 'भैँसी पूजा' मानक बन्‍न पुग्यो। कृष्णजी महाराजको सल्लाहअनुसार ग्रहशान्तिका लागि भन्दै उनले २०६६ माघ २९ गते भैंसीको पूजा गरेका थिए। नास्तिक मानिने कम्युनिस्ट नेता प्रचण्ड अझै पनि शपथ ग्रहणमा 'ईश्वर' शब्द उच्चारण गर्दैनन् तर, पूजा गर्ने र मन्दिर धाउने क्रम भने बढ्दो देखिएको छ।

corrent noodles
Metro Mart

द्वन्द्वकालमा हिन्दूहरुको धार्मिक आस्थाको प्रतीक र राष्ट्रिय जनवारसमेत रहेको गाई काटेर भोज खाने-खुवाउनेदेखि किरिया गर्न लाग्दा ढिकुरो फुटाइदिनेसम्मका काम गरे मा‌ओवादीले। ७ असोज २०५८ मा रामेछाप जिल्ला नागदह गाविस–४ मा माओवादी कार्यकर्ताले गाई काटेर भोज खाए। ८ मंसिर २०६० मा उदयपुरको तत्कालीन बट्टार गाविसका विष्णु कार्कीको किरिया गर्न लाग्दा माओवादीले ढिकुरो भत्काइदिए, काजकिरिया गर्न दिएनन्। २६ जेठ २०६० मा अछाम जिल्ला विनायक गाविसस्थित विनायकमा कालोसिम्लो मस्टो देवताको मन्दिर भत्काए, मन्दिरमा दिसा–पिसाब पनि गरे।

तत्कालीन माओवादीले २०६१ सालमा दैलेखको गमौडीस्थित शीरस्थान मन्दिरका पुजारीलाई निर्घात कुटपिट गरे। जनसत्ताको निर्णय अवज्ञा गर्दै पूजा गरेको आरोपमा पुजारी कुटिए, मन्दिरमा दिसा–पिसाब गरियो। धर्मले मानिसलाई खान नपुग्‍ने र धर्म मान्‍ने वर्ग सामन्ती हो भन्‍ने प्रशिक्षण गराउने र विकासको बाधक भन्दै धर्मको वकालत गर्नेहरुको हत्या गर्न माओवादी सक्रिय रहेको थियो। जसका कारण पुराण वाचनका लागि व्यासासनमा बसेका पण्डित नारायण पोखरेलको हत्या गरियो अनि विद्यालय-विद्यालय पुगेर संस्कृत पढाउन बन्द गराउने र अबोध बालकहरुलाई नैतिक शिक्षाबाट वञ्‍चित गराउन माओवादी सक्रिय थिए। ती घटनामा प्रचण्ड आफैं उपस्थित नभए पनि उनकै उर्दी र आदेशमा उनका कार्यकर्ताहरुले धर्मविरुद्धको आक्रमण थालेका थिए।

शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा आइपुग्दा माओवादीले आफ्नो रुप फेर्न सुरु गरेको थियो' जसको उदाहरणको रुपमा प्रचण्डले गरेको 'भैँसी पूजा' मानक बन्‍न पुग्यो। कृष्णजी महाराजको सल्लाहअनुसार ग्रहशान्तिका लागि भन्दै उनले २०६६ माघ २९ गते भैंसीको पूजा गरेका थिए। नास्तिक मानिने कम्युनिस्ट नेता प्रचण्ड अझै पनि शपथ ग्रहणमा 'ईश्वर' शब्द उच्चारण गर्दैनन् तर, पूजा गर्ने र मन्दिर धाउने क्रम भने बढ्दो देखिएको छ।

prachanda565671685717311.jpg

'१० कक्षा पढ्दै गर्दा ‘सचित्र चीन’ नामक पत्रिकामा चिनियाँ नेता माओको तस्बिर देखेर कम्युनिस्टप्रति आकर्षित भएको बताउने प्रचण्डले आफ्नो सिद्धान्तमा गेरु-वस्त्र लगाएको धेरै भइसके पनि सार्वजनिक मञ्‍चहरुमा भने आफू नास्तिक भएको बताउन छोडेका थिएनन्। त्यसबीचमा धर्म अफिम हो भनेर नागरिकलाई प्रशिक्षित गराएको कुरालाई देशभित्र र बाहिरका वामपन्थीहरुले भने नोटिसमा राखेका थिए। 

त्यही कारण २०७४ मा नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर सरकार निर्माण गरेपछि भारतका वामपन्थी विश्लेषक आनन्दस्वरूप वर्माले नेपाली राज्यका संवैधानिक पदमा आसिन नेताहरूको राजनीतिक रंगबारे खुसी व्यक्त गरेका थिए । उनले भनेका थिए, 'नेपाली इतिहासमा पहिलोपटक राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता चारै पदमा नास्तिक कम्युनिस्ट आसिन भएका छन्। यो वामपन्थीहरुका लागि खुसीको कुरा हो।'

यसरी नास्तिकको बिल्ला भिरेका नेपालका कम्युनिस्टहरुका द्वैध चरित्रले धर्ममाथिको राजनीतिलाई बढावा दिइरहेको छ। हुन त धर्मलाई विकासको बाधक भन्‍ने प्रचण्डकै सहमतिमा नेपालको संविधानमा ‘सनानत धर्मको संरक्षण र सम्बर्धन’ लेखेर नास्तिकता, भौतिकवाद र कम्युनिस्ट सिद्धान्तको धज्जी उडाइसकेका थिए। राज्यलाई धर्मनिरपेक्ष बनाउने अनि ‘सनानत धर्मको संरक्षण’ गर्ने संरचनामा सहमति जनाउने कुरा वामपन्थी हुनै नसक्ने कुरा पनि प्रचण्डले नबुझेका होइनन्। यसको पछिल्लो श्रृंखलाको रुपमा 'दक्षिणेश्वर' दर्शनमा गेरु वस्त्र अवतारमा प्रचण्ड देखिएका हुन्। 

भगवान् नमान्‍ने र भाग्‍यमा विश्‍वास नगर्ने प्रचण्डले यसबीचमा योगी र ज्योतिषहरुको आश्रम धाउन खर्चिएका दिनहरुको सूची पनि कम लामो छैन। रक्तपातपूर्ण युद्धबाट आएका प्रचण्डले आफूलाई बुद्धको चेला भन्‍न पनि बाँकी राखेका छैनन्। २३ वैशाख ०७६ मा प्रचण्डले सबै चीज त्यागेर गौतम बुद्ध बन्छु भन्दिए।

प्रचण्डले फेरेको रंगबारे कुनै समय प्रचण्डलाई नै अध्यक्ष मानेका कम्युनिस्ट नेता गोकुल बाँस्कोटाले रोचक टिप्पणी गरेका छन्। ट्विटरमा उनले भनेका छन्, 'वाह! क्या चेन्ज आएछ। हिजो रातै रातो, आज गेरू रंग। सिद्धान्तको रंग खैरो जीवनको रंग हरियो भन्थे मदनले। प्रभुको इच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध? समयले थप बताउला।' 

भारतीय योगगुरु रामदेवलाई 'कम्युनिस्ट' करार गरेका प्रचण्डले सायद त्यो बेलामा नै अप्रत्यक्ष रुपमा रातो रंगधारी कम्युनिस्टहरु 'गेरुवा' भइसकेको भनेका थिए। २०७८ मंसिर पहिलो साता व्यापार विस्तारको सिलसिलामा नेपाल आएका रामदेवको सभामा नास्तिक र भौतिकवादी प्रचण्डले रामदेवलाई गुरु माने। गुरु रामदेवको प्रशंसा गर्दै प्रचण्डले भनेका थिए,  'सुरुसुरुमा लाग्थ्यो उहाँ अलिक बढी रुढिवादी हुनुहुन्छ होला, अलिक बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी पो हुनुहुँदोरहेछ।' 

मार्क्स र माओका सिद्धान्त घोटेर धर्मलाई अफिम भन्दै मन्दिर भत्काउने प्रचण्डले रामदेवलाई क्रान्तिकारी देखेर वामपन्थको रंग गेरुवा भइसकेको सन्देश दिन खोजेका थिए। त्यसअघि २३ मंसिर ०७७ मा भएको ‘कान्तिपुर कन्क्लेभ’मा प्रचण्डले भारतका विवादित धर्मगुरु सद्गुरुको प्रशंसा गर्दै भनेका थिए, 'तपाईंहरू भ्रममा नपर्नुहोला, सद्गुरुजति भौतिकवादी कोही पनि छैन।' 

भगवान नमान्‍ने र भाग्‍यमा विश्‍वास नगर्ने प्रचण्डले यसबीचमा योगी र ज्योतिषहरुको आश्रम धाउन खर्चिएका दिनहरुको सूची पनि कम लामो छैन। रक्तपातपूर्ण युद्धबाट आएका प्रचण्डले आफूलाई बुद्धको चेला भन्‍न पनि बाँकी राखेका छैनन्। २३ वैशाख ०७६ मा प्रचण्डले सबै चीज त्यागेर गौतम बुद्ध बन्छु भन्दिए। ५ वैशाख ०७८ मा माडी पुगेर प्रचण्डले भनेका थिए, 'माडीको अयोध्याधामलाई राम जन्मभूमि भनेर प्रमाणित गर्न अब म निरन्तर लाग्नेछु। यहाँको निर्वाचित जनप्रतिनिधिको नाताले पनि अयोध्या नै राम जन्मभूमि हो भनेर प्रमाणित गर्न म लाग्नेछु।'

हिन्दूहरुको आफ्नो दु:खकष्ट र व्यथाहरु हट्‍ने विश्‍वास गरिने म्याग्दीको तातोपानी कुण्ड पुगेर नुहाउन पनि पछि परेनन् प्रचण्ड। यतिमा मात्रै रोकिएनन्, प्रचण्डले धर्मगुरुको सुझाव अनुसार नै विवाहको ५०औं वर्षगाँठको अवसर पारेर पत्‍नीसँग पञ्चेबाजा बजाएर हिन्दू धर्मसंस्कार पुर्‍याएर पुनः विवाह गरे। 

आफ्नो सिद्धान्त र विचारबाट मुलुक अघि बढ्नुपर्ने भन्दै प्रचण्डपथको विकास गरेका उनको प्रशंसा गर्दै माओवादीका तत्कालीन सांस्कृतिक कार्यकर्ता मणि थापाले प्रचण्डपथको प्रशंसा गर्दै गीत रचेका थिए:
'मार्क्सवाद, लेनिनवाद, माओवादको बाटो हो यो
संसारलाई फेर्न सक्ने प्रचण्डपथ हो यो।'

संसार फेर्न नसके पनि रगतको रंग र कम्युनिस्टको रंग एउटै हो भन्दै प्रशिक्षण रातो रंगबारे प्रशिक्षण दिने प्रचण्डले आफैँ गेरुवा रंग धारण गरे। भौतिकवादी कम्युनिस्ट यात्रा थालनी गरेका प्रचण्ड अन्तत: धार्मिक आस्थाको शरणमा पुगे। नेपालको वामपन्थका संस्थापक पुष्पलालले भनेका थिए- नेपाली समाज पाँच 'प' पुर्पुरो, परम्परा, परमेश्वर, पुनर्जन्म र परलोकले पछि परेको छ। अन्तत: भौतकवादी प्रचण्डको पुर्पुरोले परमेश्वरको शरणमा पुर्‍याएको छ। 

प्रकाशित: Jun 02, 2023| 20:27 शुक्रबार, जेठ १९, २०८०
प्रतिक्रिया दिनुहोस्