बुधबार, फागुन २७, २०८२

यस्तो खानपानले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

 |  शनिबार, जेठ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २०, २०८०

कोरोनाको नयाँ–नयाँ भेरिएन्टले निरन्तर खतरा बनेको छ। कोरोनाको डरले मान्छेलाई चिन्तामुक्त हुन दिएको छैन। विद्यालय, कार्यालय, बजार सबै सुचारु रहेको यस्तो बेलामा विज्ञहरुले शरिरमा रोग प्रतिरोधात्मक क्षमता अर्थात इम्युनिटी बढाउने खानेकुरा खान सल्लाह दिन्छन्। 

National life

रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरालाई दैनिक खानपानमा सामेल गर्नुपर्छ जसले गर्दा कोरोनालगायतका विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ। अखिल भारतीय आयुर्वेद संस्थानकी निर्देशक डा. तनुजा नेसारीका अनुसार खानपानमा भिटामिन सी, भिटामिन डी, जिंक र एन्टिअक्सिडेन्ट युक्त खाना खानु यतिबेलाको आवश्यकता रहेको छ। उनले कोरोनाको संकट हटिनसकेको वर्तमान अवस्थामा शरिरमा रोग प्रतिरोधक क्षमताले रोग लाग्नबाट बचाउन सक्ने बताइन्।

निर्देशक नेसारीले दैनिक उपभोगमा हिङ, ल्वाङ, बेसार, दालचिनी र मरिच प्रयोग गर्न सुझाव दिन्छिन्। यसमा एन्टि इन्फ्लेमेटरी गुणका साथै एन्टि अक्सिडेन्ट पाइन्छ। भान्सामा उपलब्ध थुप्रै यस्तो मसाला हुन्छ जसले कोरोना भाइसरजस्तो रोगसँग लड्ने क्षमता प्रदान गर्छ। ल्वाङ, दालचिनी, मरिचहरुलाई काढा बनाएर खाँदा यसले चाँडै असर देखाउने उनी बताउँछिन्। यसका साथै बेसारलाई दूधमा हालेर खानु उपयुक्त औषधि हो। 

त्यस्तै अदुवा पनि औषधीय गुणले भरिपूर्ण रहेको छ। यसमा जिन्जरोल र प्याराडोल्स र जिंगगेरोन जस्तो शक्तिशाली एन्टीअक्सिडेन्ट पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसलाई महसँग सिमाएर खानुका साथै, दाल, तरकारी, चिया वा काढा बनाएर खान सकिने उनी बताउँछिन्।

बदाम, काजु, किशमिश र ओखरले शरिरमा उर्जा प्रदान गर्छ। यसलाई सीमित मात्रामा नियमित खानाले शरिरमा विभिन्न प्रकारको फाइदा पुर्याइरहेको हुन्छ भने भिटामिन ई, प्रोटीन र हेल्दी फ्याटले युक्त सुख्खा मेवा पनि खान सकिन्छ।
- सहारा समयको सहयोगमा

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 03, 2023| 06:47 शनिबार, जेठ २०, २०८०
प्रतिक्रिया दिनुहोस्