NadaNada
आइतबार, भदौ ८, २०८२

ब्रिटिस कलेजले 'छैटौं ब्रिटिस कप' इन्टर कलेज फुटसल प्रतियोगिता गर्दै

 |  आइतबार, भदौ ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ८, २०८२

vianetvianet

काठमाडौं-ब्रिटिस कलेजले 'छैटौं ब्रिटिस कप-२०२५' इन्टरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता यही अगस्ट २५ देखि २९ तारिखसम्म बालुवाटारस्थित धुकु फुटसल ग्राउन्डमा हुनेछ।सन् २०१८ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा यसपटक पहिलोपटक दुई अलग-अलग डिभिजन ( +२ र स्नातक तह) समावेश गरिएको छ।

+२ तहतर्फ नाइटिङ्गेल, चेल्सी, डीएभी, एलआरआई, भृस्पति, बीएमसी, एआईटीएम, ओरिएन्टल, भीएस, समृद्धि, ब्लूवर्ड, डियरवाक, उल्लेन्स, ट्रिनिटी इन्टरनेशनल, एभरेष्ट फ्लोरिडा, ओरिएन्ट, सीआरसी, ग्लोबल, क्यास्पियन भ्याली, काष्ठमण्डप र मनास्लु +२ लगायतका कलेजहरूले सहभागिता जनाउनेछन्।

त्यस्तै स्नातक तहतर्फ विरिन्ची कलेज, द ब्रिटिस कलेज, ब्रिटिस प्रोफेशनल कलेज, द वेस्टमिनिस्टर कलेज, थेम्स, सफ्टवेयरिका, ISMT, एपेक्स, हेराल्ड, एआईटीएम, टेकस्पायर, नाथएम, प्रेसिडेन्सियल, एलए, नागार्जुन, AIMS, ट्रिनिटी, वेदास, SAIM, काठमाडौं बिजनेस क्याम्पस, इनसाइट भिजन कलेजसहित आयोजक द ब्रिटिस कलेजले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तासहित फेयरप्ले टिमलाई ५ हजारदेखि १० हजार रुपैयाँसम्मको नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: Aug 24, 2025| 15:55 आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्