बुधबार, मंसिर २०, २०८०

मोदीलाई प्रचण्डको उपहार पशुपतिको चन्दन र रुद्राक्षको माला

 |  बिहीबार, जेठ १८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथको चन्दन, प्रसाद र रुद्राक्षको माला उपहार दिने भएका छन्। चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्रीले आज समकक्षी मोदीलाई भेट्ने कार्यक्रम छ। त्यसक्रममा उनले पशुपतिको मूल मूर्ति (पञ्चमुखी)मा अर्पण गरिएको नेत्र, रुद्राक्षको माला, फूल र नैवेद्य उपहार दिनेछन्।

sagarmatha cement

कलात्मक चाँदीको बट्टाभित्र मखमलको कपडामा सजाइएको माला र प्रसाद उच्चस्तरीय भेटवार्ताका क्रममा प्रचण्डले मोदीलाई हस्तान्तरण गर्नेछन्। परराष्ट्र मन्त्रालयले माग गरेअनुसार पशुपति क्षेत्र विकास कोषले चन्दनलगायत सामग्री उपलब्ध गराएको हो। 

नेपालबाट हुने उच्चस्तरीय भ्रमणका क्रममा पशुपतिको प्रसाद भारतीय राष्ट्रपति, उपराष्ट्रपति, विदेशमन्त्रीलाई पनि पठाउने गरिन्छ। यस्तो अभ्यास भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्यकाल (सन् २०१४) देखि हुँदै आएको छ। 

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पहिलो र दोस्रो कार्यकालको भारत भ्रमणका क्रममा पनि पशुपतिको प्रसाद मोदी र अन्य विशिष्ट अधिकारीलाई दिइएको थियो।

मोदीकै इच्छाअनुसार प्रसाद लाने क्रम परराष्ट्र मन्त्रालयको पहलमा सुरु भएको हो। परराष्ट्रमन्त्रीले गर्ने भारत भ्रमणका क्रममा पनि पशुपतिको प्रसाद भारत लाने गरिन्छ। तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली समकक्षीबाट पशुपतिको चन्दन र प्रसाद नियमित रूपमै पाउने गर्थिन्।

नेपाल भ्रमणका क्रममा पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्रीहरू, कंग्रेस आईका नेता राहुल गान्धी, अन्य राजनीतिज्ञ र कलाकारले पशुपतिमा पूजा गर्ने गरेका छन्।

आफ्नो अघिल्लो कार्यकालमा मोदीले पशुपतिमा विशेष पूजा गरेका थिए। त्यसक्रममा मोदीले कोषलाई ३ करोड रुपैयाँबराबरको २ हजार ५०० केजीको श्रीखण्ड उपहार प्रदान गरेका थिए।

प्रकाशित: Jun 01, 2023| 09:38 बिहीबार, जेठ १८, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्