मंगलबार, भदौ १०, २०८२

नियमित व्यायाम गर्ने महिलामा पार्किन्सन्सको खतरा कम

 |  बिहीबार, जेठ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १८, २०८०

vianetvianet

काठमाडौं– नियमित व्यायाम गर्ने महिलाहरुमा पार्किन्सन्स रोग हुने खतरा २५ प्रतिशतसम्म कम हुने एक अध्ययनले देखएको छ। 

Kumaribank

साइकल चलाउनु, हिँड्नु, खेलहरुमा सहभागी हुनु र बगैंचा लगाउनेजस्तो कृयाकलाप नियमित गर्नाले पार्किन्सन्स रोग हुने खतरालाई घटाउन मद्दत गर्ने अध्ययनमा उल्लेख गरिएको छ। 

अमेरिकन एकेडेमी अफ न्यूरोलोजीको मेडिकल जर्नलमा प्रकाशित अध्ययनले व्यायाम गर्ने महिलाहरुमा सो रोगको खतरा धेरै कम हुने अनुमान गरेको छ। अध्ययनले उक्त तथ्यलाई भने प्रमाणित गरिसकेको छैन।

अध्येता तथा लेखक एलेक्सिस एल्बाजका अनुसार व्यायाम स्वास्थ्यलाई मजबुत बनाउनको लागि कम लागत लाग्ने तरिका हो। यसले थुप्रै रोगलाई फइदा पुर्याइरहेको हुन्छ। 

पार्किन्सन एउटा यस्तो रोग हो, जसको कुनै उपचार छैन। अध्ययनमा ९५ हजार ३५४ महिलालाई सामेल गरिएको थियो। सहभागी महिलाहरुको औसत आयु ४९ वर्ष थियो। जसलाई अध्ययनको सुरुवातमा पार्किन्सन रोग नभएको अध्ययनमा उल्लेख गरिएको छ। 

Metro Mart

अध्ययनअनुसार शोधकर्ताहरुले तीन दशकसम्म महिलाहरुलाई अवलोकन गरिरहेका थिए। जसअन्तर्गत १ हजार ०७४ सहभागीहरुले पार्किन्सन रोग विकसित गरेको पाइयो।

अध्ययन गर्दा सहभागीहरुसँग सोधिने प्रश्नको बारेमा बताउँदै अध्येता तथा लेखक एलेक्सिस एल्बाजका भन्छन्, आज कति टाढासम्म हिँडियो, प्रतिदिन कति भर्याङ चढियो, कति घण्टा घरेलु गतिविधिमा लगाइयो। साथै बागवानी, खेलजस्तो गतिविधि गर्नमा कतिसमय लगाए भन्ने प्रश्न सोधिएको थियो।

वास स्थान, पहिलो महिनाबारी र धुम्रपानजस्तो कारकहरुलाई हेरेपछि धेरै व्यायाम गर्ने समूहमा पार्किन्सन रोगको विकासको दर २५ प्रतिशतले कम रहेको पाइएको अध्ययनमा उल्लेख छ। आहार, चिकित्सकीय स्थिति जस्तो उच्च रक्तचाप, मधुमेह र हृदय रोगको समायोजनपछिको परिणाम समान नै रहेको शोधकर्ताहरुले दाबी गरेका छन्।

शोधकर्ताका अनुसार डायगोनोसिसले १० वर्ष पहिले, पार्किन्सनको सुरुवाती लक्षणको कारण यो रोग हुने व्यक्तिको तुलनामा शारिरीक गतिविधिमा कमी आएको पाइएको थियो। 
 

प्रकाशित: Jun 01, 2023| 06:07 बिहीबार, जेठ १८, २०८०
प्रतिक्रिया दिनुहोस्