आइतबार, साउन ३१, २०८३

दिल्लीमा सुरु भयो उच्चस्तरीय भेटघाट

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं- चार दिने भारत भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली ओर्लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटघाट सुरु गरेका छन्।

प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका छन्। प्रधानमन्त्री दाहाल बसेको होटल मौर्यमा भेट भएको हो। 

प्रधानमन्त्रीलाई विमानस्थलमा भारतको परराष्ट्र मन्त्रालयका राज्यमन्त्री मीनाक्षी लेखीसहितका पदाधिकारीले स्वागत गरेका थिए। प्रचण्डले भारतीय समकक्षी मोदीसँग भोलि बिहीबार भेटघाट गर्ने कार्यक्रम छ।

द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ। 

दिल्लीमा राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ।  उनी जेठ २० गते स्वदेश फर्कने छन्। 

प्रकाशित: May 31, 2023| 18:46 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्