बुधबार, भदौ ११, २०८२

नेवानिको नियमित उडानबाट प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

 |  बुधबार, जेठ १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

vianetvianet

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो।

Kumaribank

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित पाँच जना मन्त्री पनि सहभागी छन्। टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थ मन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रमकी स्वकीय सचिव छोरी गंगा दाहाललगायत छन्।

त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा मन्त्रीहरूले  विदाइ गरेका छन्। गत पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन्। 

टोली यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ।

Metro Mart

प्रकाशित: May 31, 2023| 13:17 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

तस्बिरमा हेर्नुहोस् पशुपतिमा तीजको उल्लास

आजको दिन हिन्दु महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्।
जसलाई तीजले छोएन

जसलाई तीजले छोएन

कतै नयाँ भेषभूषा र मीठा परिकारसहित तीजको रौनक छाउँछ भने कतै दुःख, उजाड र पीडाले भरिएका कथाहरु पनि छन्। गरिबीले पिल्सिएकाहरुलाई तीजले छोएको छैन्।